मंगलबार, साउन १९, २०८३

हुरी पीडितका लागि मुश्लिम आयोगले १०० घर बनाउने 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौँ- मुश्लिम आयोगले आँधीहुरीबाट घरवारविहीन परिवारका लागि १०० वटा अस्थायी घर निर्माण गर्ने घोषणा गरेको छ ।

बारा र पर्साका प्रभावित क्षेत्रको निरीक्षण र अवलोकन गरेर फर्कनुभएका उक्त आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले आयोगको तर्फबाट घर निर्माण गर्ने जानकारी दिए ।

उक्त घटनामा परेर बाबु र आमासहित परिवारका ४ सदस्य गुमाएका फेटा नगरपालिका–६ का १४ वर्षीय साहेव अन्सारीलाई आयोगका तर्फबाट निःशुल्क रुपमा पठनपाठनको व्यवस्था गर्ने पनि उनले  बताए । 

आँधीहुरी प्रभावित परिवारको राहतको लागि आयोगले खाद्यन्न संकलन गरेर वितरण गर्ने प्रयास गरिरहेको पनि अध्यक्ष अन्सारीले  जानकारी दिए । उक्त घटनामा परेर हालसम्म २८ जनाको ज्यान जानका साथै ६१३ जना घाइते भएका छन् । उक्त घटनाबाट ठूलो मात्रामा आर्थिक क्षति भएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।