मंगलबार, साउन १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेसका असन्तुष्ट जिल्ला सभापतिहरुको भेला : के के छन् एजेन्डा ?

कांग्रेसका असन्तुष्ट जिल्ला सभापतिहरुको भेला : के के छन् एजेन्डा ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडाैं- कांग्रेस जिल्ला सभापतिहरुको दुई दिने भेला बुधबारदेखि काठमाडौंमा सुरु हुँदैछ।  असन्तुष्ट पक्षको पहलमा आयोजित भेलामा असन्तुष्ट जिल्ला सभापतिहरुको सहभागिता रहनेछ । भेलापछि नेतृत्वलाई दबाब दिन मागसहितको घोषणापत्रसमेत जारी गर्ने तयारी असन्तुट सभापतिहरुले गरेका छन् ।

बहुमतका आधारमा केन्द्रीय सदस्य स्वतस् महाधिवेशन प्रतिनिधि हुने व्यवस्था पार्टी विधानमा राखिएकोमा असन्तुष्टि जनाउँदै कांग्रेस जिल्ला सभापतिले भेला बोलाएका हुन् ।

पुसमा सम्पन्न  महासमिति बैठकको म्यान्डेट विपरीत विधानमा यस्तो व्यवस्था राखिएको भन्दै  असन्तुष्ट पक्षले यसलाई सच्चाउन संस्थापन पक्षलाई दबाब दिदै आएको छ । 

महासमिति बैठकका निर्णय केन्द्रीय समितिले उल्टाउन नसक्ने भन्दै कांग्रेस जिल्ला सभापतिहरु नेतृत्वसँग रुष्ट छन्।उनीहरुले केन्द्रीय सदस्य पनि चुनाव लडेर जितेपछि मात्रै महाधिवेशन प्रतिनिधि हुने व्यवस्था विधानमा राख्न र समानुपातिक कोटा एकै व्यक्तिले पटकपटक लिन नपाउने व्यवस्था राख्न माग गरेका थिए।

महासमिति बैठकअघि नुवाकोटमा कांग्रेस जिल्ला सभापतिको भेला भएको थियो। उक्त भेलाबाट महाधिवेशन प्रतिनिधि हुन चुनाव लड्नुपर्ने व्यवस्था राख्न नेतृत्वलाई दबाब दिने निर्णय उनीहरुले गरे पनि विधानमा त्यो व्यवस्था नराखेपछि जिल्ला सभापति रुष्ट छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।