मुम्बई – बलिउडमा मिटुको हलचल यतिबेला शान्त भइसकेको छ। तर, हालै निर्माता–निर्देशक बोनी कपुरले अभिनेत्री उर्वशी रौटेलसँग गरेको हर्कतले बलिउड तातेको छ। बोनीले उर्वशीमाथि यौनदुव्र्यवहार गरेको आरोप लागे पछि उक्त घटनाले अहिले सामाजिक सञ्जालमा निकै चर्चा पाइरहेको छ।
यी दुईको एउटा भिडियो सार्वजनिक भएको छ। जसमा बोनीले उर्वशीको नितम्बमा आफ्नो हातले थप्थपाएको देखिन्छ।
फिल्म निर्माता जयन्ती लाल गाढाको छोराको बिहेको स्वागत समारोहमा बोनी र उर्वशीको भेट भएको थियो। सार्वजनिक भएको भिडियोमा उनीहरु सँगै फोटो खिचाइरहेका देखिन्छन्। फोटो खिचिसकेपछि बोनीले हाँस्दै उर्वशीको नितम्बमा दुईचोटि प्याटप्याट पार्छन्। उनले अञ्जानमा वा जानिबुझी यसो गरेका हुन् त्यो भने एकिन हुन सकेको छैन। त्यसपछि उर्वशीलाई भने केही नर्भस भएको देख्न सकिन्छ।
ट्विटर प्रयोगकर्ताहरुले भने बोनीले जानीजानी उर्वशीमाथि यौन दुव्र्यवहार गरेको आरोप लगाएका छन्। उर्वशीसँग बोनीको घनिष्ठता बढ्दो क्रममा रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। बोनीले उर्वशीलाई आफ्नो एक फिल्ममा पनि साइन गराएका छन्।
भिडियोलाई लियर नानाथरी टिप्पणी भएपछि उर्वशीले मिडियाहरुले नानाथरी लेखेको भन्दै आपत्ति जनाएकी छन्। उनले बोनीलाई भलाद्मी व्यक्ति भएको समेत बताएकी छन्।
उनले ट्विटरमा लेखेकी छन्, ‘तिमीहरुले अब महिला शशक्तिकरणको समाचार नलेखे पनि हुन्छ। जसले महिलाको सम्मान गर्न सक्दैन उसले किन ढोंग गर्नु?’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४