मंगलबार, साउन १९, २०८३

सर्वोच्चका लागि पाँच न्यायाधीश सिफारिस

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडाैं - न्याय परिषद्ले सर्वोच्च अदालतका लागि पाँच न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ।

परिषद्का अध्यक्ष तथा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको अध्यक्षमा बसेको बैठकले सर्वोच्चका लागि सिफारिस गरेका न्यायाधीशहरुमा उच्च अदालत पाटनका मुख्य न्यायाधीश प्रकाश ढुङ्गाना, उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश सुष्मालता माथेमा र कानून व्यवसायीबाट मोरङका पूर्व महान्यायाधिवक्ता हरि फुयाँल, काठमाडौँबाट वरिष्ठ अधिवक्ता कुमार रेग्मी र अधिवक्ता डा मनोजकुमार शर्माको नाम सिफारिस गरेको परिषद्का सचिव देवेन्द्रराज ढकालले जानकारी दिए।

न्यायाधीश नियुक्तिका लागि सोमबारदेखि बसेको बैठक मंगलबार सम्पन्न भएको थियो। सर्वोच्च अदालतमा पाँच न्यायाधीशको पद रिक्त रहेको थियो। बैठकमा प्रधानन्यायाधीश राणा, सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीशका तर्फबाट सदस्य दीपककुमार कार्की र सदस्यहरु कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल, रामप्रसाद सिटौला र पदम वैदिक रहेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।