मंगलबार, साउन १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रमुख निर्वाचन आयुक्तमा सिफारिस थपलियाविरुद्ध उजुरी आह्वान

प्रमुख निर्वाचन आयुक्तमा सिफारिस थपलियाविरुद्ध उजुरी आह्वान

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – प्रमुख निर्वाचन आयुक्तमा सिफारिस दिनेशकुमार थपलिया र राष्ट्रिय समावेशी आयोगकी सदस्य विष्णुमाया ओझाविरुद्ध उजुरी आह्वान भएको छ।

मंगलबार बसेको संसदीय सुनुवाइ विशेष समिति बैठकमा संवैधानिक परिषदद्वारा प्रमुख निर्वाचन आयुक्तमा सिफारिस थपलिया र समावेशी आयोगकी सदस्य ओझाविरुद्ध समितिका सभापति लक्ष्मणलाल कर्णले उजुरी आह्वान गरेका हुन्।

कर्णले आगामी चैत २९ गतेभित्र उनीहरुविरुद्ध कुनै उजुरी भए समिति सचिवालयमा पेश गर्न आग्रह गरेका छन्।

संवैधानिक परिषदको गत चैत्र ११ गते बसेको बैठकले थपलियालाई प्रमुख निर्वाचन आयुक्त र ओझालाई राष्ट्रिय समावेशी आयोगको सदस्यमा सिफारिस गर्ने निर्णय गरेको थियो।

बैठकमा नेपाली कांग्रेसका सांसदहरुले भने प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवाको अनुपस्थितिमा परिषदले यस्तो निर्णय लिएको भन्दै असन्तुष्टि जनाएका थिए।

प्रमुख निर्वाचन आयुक्तमा सिफारिस थपलियाको नाम संसदीय सुनुवाइ विशेष समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।