मंगलबार, साउन १९, २०८३

मृतकका परिवारलाई ५ लाख दिने प्रचण्डको घोषणा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुरधाम – नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बारा र पर्सामा हावाहुरीका कारण ज्यान गुमाएका परिवारलाई प्रति परिवार ५/५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्।

मंगलबार बाराको फेटा गाउँपालिका पुगेका प्रचण्डले मृतकका परिवारलाई जनही ५/५ लाख रुपैयाँ दिने घोषणा गरेका हुन्। हावाहुरी प्रभावितलाई भेट्न बारा पुगेका प्रचण्डले पर्साको वीरगंजस्थित नारायणी उपक्षेत्रीय अस्पताल पुगेर घाइतेहरुलाई पनि भेटेका छन्।

प्रचण्डले मधेश शोकमा रहेको बेला सिंगो देशले सहयोग गर्नुपर्ने धारणा व्यक्त गरे। हावाहुरीबाट प्रभावित भएकाहरुको राहतमा सरकारले कुनै कसर बाँकी नराख्ने प्रचण्डले आश्वासन दिए।

आइतबार साँझ आएको हावाहुरीबाट बारा र पर्सामा गरि २७ जनाको मृत्यु भएको छ भने झण्डै पाँच सय घाइते भएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।