मंगलबार, साउन १९, २०८३

मोबाइलबाटै 'कन्ट्रोल' हुन्छ ट्राफिक लाइट

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

ललितपुर – ललितपुरमा मोवाइलबाटै ट्रफिक लाइटको कन्ट्रोल गर्ने नयाँ प्रविधिको सुरुवात गरिएको छ। ललितपुरको जावलाखेलमा मंगलबारबाट यो प्रविधिको सुरु भएको भएको हो। यो प्रविधि नेपालमै पहिलो हो।

ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले ट्राफिक प्रहरीलाई मोवाइल सेट प्रदान गर्दै उक्त प्रविधिको सुरुवात गरेका हुन्। सवारी चाप अनुसार ट्राफिक व्यवस्थापनका लागि मोवाइलबाटै सडक बत्तीको कन्ट्रोल गर्न सकिनेछ। यसका लागि ट्राफिकलाई प्रदान गरिएको उक्त सेटमा सडक बत्ती कन्ट्रोल गर्ने मोवाइल एप्स राखिएको छ।

सवारीको चाप हेरेर ट्राफिक प्रहरीले अटोमेटिक र म्यानुअल दुबै तरिकाबाट सडक बत्तीहरुको कन्ट्रोल गर्न सक्नेछन्। सडकमा ड्युटीमा रहेका ट्राफिक प्रहरीसँग यो एप्स जडित मोवाइल हुनेछ।

ललितपुर महानगरपालिकाले पावरटेक नेपाल र भुस्पर्श कन्ट्रक्सन प्रा.लि.संगको समन्वयमा यो प्रविधिको सुरुवात गरेको हो। अल्का अस्पताल चोकमा सुरु भएको यो प्रविधि अहिले परिक्षण मात्रै भएको ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले बताए। यो प्रविधिको प्रयोगले ट्राफिक व्यवस्थापनमा धेरै सहजता ल्याउने र महानगरका अन्य १८÷२० स्थानहरुमा समेत यस्तो प्रविधिको व्यवस्थापन गरिने उनले बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।