मंगलबार, साउन १९, २०८३

हावाहुरी प्रभावितलाई देउवाको २५ लाख सहयोग

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुरधाम - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाराका हावाहुरी प्रभावितहरुलाई २५ लाख नगद सहयोग गर्ने घोषणा गरेका छन्। हावाहुरी पीडितलाई भेट्न मंगलबार बारा पुगेका कांग्रेस सभापति देउवाले राहतस्वरुप २५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन्।

यसअघि उपसभापति विमलेन्द्र निधिले सोमबार १० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका थिए। सभापति देउवाले हावाहुरीबाट ज्यान गुमाएका परिवारलाई राहत तथा प्रभावितहरुको उपचार र पुनर्स्थापनाका लागि यथाशीघ्र प्रभावकारी कदम चाल्न सरकारसँग मागसमेत गरेका छन्।

मंगलबार बिहान नारायणी अञ्चल अस्पतालमा घाइतेसँग भेट गरेका देउवाले बाराको भलुही, भरवलियामा हावाहुरी प्रभावितहरुलाई कम्बल, बाल्टिनलगायतका सामग्रीसमेत वितरण गरेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।