मंगलबार, साउन १९, २०८३

चट्याङ लागेर अछाममा १५ जना घाइते

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी – हावाहुरीसँगै परेको चट्याङ लागेर अछाममा सोमबार राती ११ जना घाइते भएका छन्। जिल्लाको पन्चदेवल विनायक नगरपालिका–९ कालेकाडामा चट्याङ लागेर ११ जना गम्भीर घाइते भएका प्रहरीले जनाएको छ।

घाइते हुनेमा स्थानीय भिमपुरा नेपाली, राधिका शाही, कल्पना बोहरा, दिर्गे विक, ललु विक र जगत बोहरा रहेका रहेका छन् । घाइते अन्यको नाम खुल्न सकेको छैन। प्रहरी टोली र स्थानीय मिलेर घाइतेलाई अस्पताल लगिएको जिल्ला प्रहरी प्रमुख जनक बहादुर शाहीले जानकारी दिए।वडा अध्यक्ष रामबहादुर शाहीले घाइतेको उद्धार गर्ने कार्य जारी भएकाले एकिन संख्या भन्न नसकिने बताए।

यस्तै सोमबार राति नै जिल्लाको रामारोशन गाउँपालिका वडा नम्वर ५ मा चट्याङ लागेर ४ जना घाइते भएका छन्। घाइतेहरुको उद्धार गरि वयलपाटा अस्पताल ल्याइएको प्रहरीले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।