काठमाडौं- सर्वोच्च अदालतमा रिक्त रहेका पाँच न्यायाधीशको सफारिसका लागि न्यायपरिषद्को बैठक बसेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाको अध्यक्षतामा बसिरहको बैठकमा रिक्त पदमा क–कसलाई सिफारिस गर्ने भन्ने विषयमा छलफल भइरहेको छ।
परिषद्को सिफारिसलाई संवैधानिक परिषद्ले अनुमोदन गरेपछि संसदीय सुनुवाइ हुनेछ। संसदीय सुनुवाई समितिले बहुमतले नाम स्विकृत गरेपछि न्यायाधीश नियुक्तिको प्रक्रिया पुरा हुने छ ।
यस्तै बैठकमा उच्च अदालतमा १९ जना न्यायाधीश सिफारिस गर्ने विषयमा पनि छलफल भइरहेको स्रोतले जनाएको छ । ब्यक्ति छनोटका विषयमा बैठकमा छलफल चलिरहेको जनाइएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४