बुटबल- टिपरको ठक्करबाट बुटवल बहुमुखी क्याम्पसका प्राध्यापकको मृत्यु भएको छ।
देवदह नगरपालिका खैरेनिबाट बुटवलतर्फ आउदै गरेको लु २ ख २२३२ नम्बरको टिपरले सोमबार ठक्कर दिदा प्राध्यापक देवदह ४ निवासी डोलराज अर्यालको मृत्यु भएको हो।
टिपरले प्राध्यापक अर्याल सवार लु २२ प ४९७९ नम्बरको मोटरसाइकललाई बुटवलको वडा नम्बर १० रामनगर स्थित धागो कारखाना नजिकै ठक्कर दिएको थियो ।
प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार टिपरको ठक्करबाट टाउकोमा गम्भीर चोट लागेका अर्यालको उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा लैजादै गर्दा मृत्यु भएको हो।
दुर्घटनामा सम्लग्न टिपर र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । ५० बर्षिय अर्यालले बुटवल बहुमुखी क्याम्पसमा स्वास्थ्य तथा जनसंख्या बिषय अध्यापन गराउदै आएका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४