काठमाडाैं - बारा र पर्सामा आएको विनासकारी हावाहुरीले निम्त्याएको परिणामपछि मन्त्रिपरिषद बैठक बसेको छ। बालुवाटारमा जारी बैठकमा पीडितलाई उपलब्ध गराउने सहयोग, उद्धारलगायतका विषयमा छलफल हुने बुझिएको छ। प्रधानमन्त्री ओली प्रभावित क्षेत्र भ्रमण गरेर फर्केपछि बैठक बसेको हो।
आइतबार राती एक्कासी आएको हावाहुरीका कारण बारा र पर्सामा गरी ३५ जनाको मृत्यु भएको छ भने पाँच सयभन्दा बढी घाइते भएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४