मंगलबार, साउन १९, २०८३

नेपाल बारको मतगणना सुरु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - कानून व्यवसायीको छाता सङ्गठन नेपाल बार एशोसिएशनको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ। बारको कार्यालयमा सोमबार साँझ ५ बजेदेखि मतगणना सुरु भएको प्रमुख निर्वाचन अधिकृत दामोदर खड्काले जानकारी दिए।

उनका अनुसार सोमबार पहिलो चरणमा विराटनगर उच्च बार, झापा र इलाम जिल्ला मतदान केन्द्रमा भएको निर्वाचनको मतगणना सुरु गरिएको छ। देशभरिबाट मतपेटिका काठमाडौं ल्याइसकेपछि मतगणना सुरु गरिएको हो। उनले तीन ठाउँको मतगणना सकिएपछि मंगलबार बिहान ९ बजेदेखि १० वटा स्थानमा मतगणना गर्ने जानकारी दिए।

२५ औं केन्द्रीय कार्यसमितिका लागि गत शनिबार बिहान ८ देखि अपराह्न ४ बजेसम्म देशभरिका ३५ मतदान केन्द्रमा निर्वाचन भएको थियो।

बारमा नयाँ नेतृत्वका लागि प्रगतिशील, पेशागत तथा समावेशी समूहबाट वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ र बृहत् लोकतान्त्रिक समूहबाट सुनिलकुमार पोखरेलबीच प्रतिस्पर्धा भएको छ। तीन वर्षका लागि हुने कार्यसमितिमा एक अध्यक्ष, एक महासचिव, एक कोषाध्यक्ष, महिला उपाध्यक्ष एक र सातै प्रदेशबाट एक÷एक गरी आठ उपाध्यक्ष र १४ केन्द्रीय सदस्य निर्वाचित हुनेछन्।

निर्वाचनमा देशभर बारका १० हजार ३ सय १३ मतदातामध्ये आठ हजार ३ सय २९ मतदाताले मतदान गरेका थिए। निर्वाचन अधिकृत खड्काले चार दिनभित्र मतपरिमाण सार्वजनिक गर्ने बताए।रासस
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।