काठमाडाैं - नेपालको चर्चित व्याण्ड नेपथ्यले हावाहुरी प्रभावितका लागि राहत रकम प्रदान गरेको छ। व्याण्डले बारा र पर्सामा आइतबार आएको विनासकारी हावाहुरीमा परेका पीडितका लागि मुख्यमन्त्री राहत कोष मार्फत ५१ हजार प्रदान गरेको हो।
व्याण्डका गायक अमृत गुरुङले प्रभावितलाई सम्झदै सहानुभुति प्रकट गरेका छन्। साथै उनले यस्तो दुखद अवस्थामा सबैलाई सहयोग गर्न आग्रहसमेत गरेका छन्।

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४