मंगलबार, साउन १९, २०८३

कैलालीका प्रहरी प्रमुखलाई कारबाहीको माग 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

कैलाली – जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक आभुषण तिम्सिनालाई कारबाहीको माग भएको छ। सत्तापक्षकै विद्यार्थी संगठन र भातृ संगठनले प्रहरी उपरीक्षक तिम्सिनालाई कारबाहीको माग गरेका छन्।

प्रहरी उपरीक्षक तिम्सिनालाई भारतबाट २३ लाख चोरेर आएका बैतडीका नीरजवहादुर चन्दबाट १३ लाख असुल्दै छोडेको आरोप लागेपछि कारबाहीको माग गरिएको हो।

अखिल कैलालीका अध्यक्ष कुमार बडैला, अखिल (क्रान्तिकारी) का अध्यक्ष डम्मर भट्टराई, युवा संघका कैलाली सचिव राजु बम र वाईसीयलका कैलाली अध्यक्ष सुरज खातीले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै प्रहरी उपरीक्षक तिम्सिनालाई कारबाहीको माग गरेका हुन्।

प्रहरी उपरिक्षक तिम्सिना पदीय मर्यादा विपरित विभिन्न गतिविधिमा संग्लन रहेको भन्दै कारबाहीको माग गरिएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। कैलाली प्रहरीलाई भारतबाट चोरेर ल्याएको १३ लाख असुल्दै चोरीमा संग्लन चन्दलाई छोडेको आरोप लाग्दै आएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।