जनकपुरधाम - भीषण हावाहुरीका कारण घाइते भएकाहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पताल पुगेर भेटेका छन्। गृह जिल्ला झापाको कार्यक्रम रद्द गरेर सोमबार दिउँसो कलैया अस्पताल पुगेका प्रधानमन्त्री ओली घाइतेहरुसँग भेटघाट गरेका छन्।
प्रधानमन्त्री ओलीले उपचार गराइरहेका घाइते एवं पीडित परिवारलाई भेटेर सान्त्वाना दिएका छन्। ओलीसँगै उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव, भौतिक योजनामन्त्री रघुवीर महासेठ पनि घाइते भेट्न कलैया अस्पताल पुगेका थिए।
प्रधानमन्त्री ओलीले हावाहुरीबाट बाराको प्रभावित क्षेत्रको निरीक्षणसमेत गरेका छन्। निरीक्षणका क्रममा उनले राहत र उद्धारमा कुनै समस्या हुन नदिन निर्देशन दिएका छन्। नेकपा संसदीय दलका नेता समेत रहेका प्रधानमन्त्री ओलीले राहत र उद्धारमा खटिन पार्टीका नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरेका छन्।
यसैबीच गृह मन्त्रालयले बारा र पर्सामा हावाहुरीले क्षति पु¥याएका सबै टहरा निर्माण गर्ने घोषणा गरेको छ। घटनास्थलको निरीक्षणका लागि बारा पुगेका गृहसचिव प्रेमकुमार राईले हावाहुरीबाट क्षति भएका घरटहरा सरकारले निर्माण गर्ने बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४