काठमाडौं – पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीको गाडीलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ। गत शुक्रबार बिहान पूर्वप्रधानमन्त्री चन्दको गाडीलाई स्कर्टिङ् गर्दै हुँइकिएको पिछुवा गाडीले बा ४५ प २९३४ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।
उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीको व्यापक आलोचना गर्दै कारबाहीको माग गरिएको थियो। आलोचना पछि ट्राफिक प्रहरीले उक्त गाडीका चालकलाई सोमबार ५ सय रुपैयाँ कारबाही स्वरुप जरिवाना तिराएको छ।
सम्बन्धित समाचार
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४