मंगलबार, साउन १९, २०८३

२०४४ सालको रंगशाला काण्ड र आइतबारको हुण्डरी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - २०४४ साल फागुन २९ गते दशरथ रंगशालामा दर्शक खचाखच भरिएका थिए। दिउँसो ३ बजे जनकपुर चुरोट कारखाना र बंगलादेशको मुक्तिजोद्धाबीच फुटबल खेल चलिरहेको थियो। दुवै टोली उपाधि भिडन्तमा रहेकाले प्रतियोगिता निकै रोचक थियो।

खेल चलिरहँदा अचानक ठूलो हुरी र पानी एकैसाथ चल्यो। मानिसको भागभाग भयो। रंगशालाका सबै ढोकाका ग्रिलगेटमा चाबी ठोकिएको थियो। मानिसको भागदौड चल्दा एकआपसमा च्यापिएर ७१ जनाको ज्यान गयो।

सोही घटनामा नैतिक जिम्मेवारी स्वीकार्दै तत्कालीन शिक्षामन्त्री केशरबहादुर विष्टले राजीनामा दिएका थिए। यो घटनालाई नेपाली खेलकुदको इतिहासमा कालो दिनका रुपमा सम्झने गरिन्छ।

खेलको आयोजना अखिल नेपाल फुटबल संघले गरेको थियो। खेलकुद परिषद् त्यसबेला शिक्षा मन्त्रालयअन्तर्गत पर्थ्यो। त्यो शिक्षा मन्त्रालयको आयोजना पनि थियो। तर मन्त्री विष्टले उच्च नैतिकता दर्शाउँदै राजीनामा दिएका थिए।

त्यसबेला मौसम पूर्वानुमानका आवश्यक उपकरणसमेत प्रभावकारी थिएनन्। अहिलेको जस्तो भए खेल अगाडिपछाडि सार्न सकिन्थ्यो। त्यसबेला रंगशालाको ढोका शिक्षामन्त्रीले खोल्ने र लगाउने पनि होइन। हुरी र पानी एकैसाथ आउँदा दौडादौड हुँदा च्यापिएर त्यत्रा मानिसले ज्यान गुमाउनुपरेको थियो। तर, तत्कालीन शिक्षामन्त्री विष्टले तत्काल राजीनामा दिएका थिए। अहिले सक्रिय राजनीतिबाट सुस्ताएका विष्टले सोमबार नेपाल समयसँगै भने, ‘नैतिकताको खडेरी नपरोस् भनेर मैले त्यो काण्डमा राजीनामा गरेको हुँ।'

बिष्टले भने, ‘तराईमा आइतबार आएको हावाहुरीले धेरै मानिसको मृत्यु भएको छ। धेरै घाइते भएका छन् तर त्यसको जिम्मेवारी कोही लिँदैनन्।’ उनले त्यसबेला नैतिकता ठूलो भएकाले आफूले त्यसको कदर गरेको बताए। उनका अनुसार अहिले सत्तामा रहेकाहरु मान्छे मारेर आएका भएकाले यिनबाट नैतिकताको आस गर्नु बेकार हो।

आइतबार राति आएको हावाहुरीले बारा र पर्सामा गरी तीसभन्दा बढीले ज्यान गुमाएका छन्। चार सयभन्दा बढी घाइते भएका छन्।

यस विपत्तिमा कसैले पनि नैतिकता देखाउनुनपर्ने कुराले ०४४ सालको रंगशाला काण्डका साक्षी केशरबहादुर बिष्टको नैतिकताले गिज्याई पो रहेको छ कि?
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।