मंगलबार, साउन १९, २०८३

हावाहुरीको बिचल्लीमा सेना साथी 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - आइतबार रातिको भयानक हावाहुरीले बारा र पर्सामा वितण्डा मच्चाएपछि रातिदेखि नै नेपाली सेना उद्धार र राहतमा निरन्तर खटिएको छ। बारा र पर्साका ब्यारेकबाट तीन गुल्म सैनिकहरु राहत उद्धारका लागि आइतबार राति नै प्रभावित बस्तीमा पुगेका थिए।

स्थानीय समुदाय र प्रशासनसँग समन्वय गरेर सेनाले तत्कालै सर्च र रेस्क्यू अप्रेशन थालेकोको थियो। सैनिकहरु रातभर शवको व्यवस्थापन, घाइतेको उद्धार, प्रभावितलाई सुरक्षित स्थानमा ओसार्ने काममा व्यस्त रहे। सैनिक प्रवक्ता सहायकरथी यमप्रसाद ढकालले सेना रातभर सर्च र रेस्क्यू अप्रेशनमा व्यस्त रहेको नेपाल समयसँग बताए। उनले भने, 'हेलिकोप्टर तयारी हालतमा राखिएको थियो। स्थानीय ब्यारेकबाट फौज परिचालन गरेर केन्द्रबाटै समन्वय गरी उद्धारलाई प्रभावकारी बनाइएको थियो।'

सैनिक प्रवक्ता ढकालका अनुसार गम्भीर अवस्थाका ६ जना घाइतेलाई सेनाको स्काइ ट्रक (जहाज) मार्फत उद्धार गरिएको छ। हावाहुरी प्रभावित स्थानमा अवरोध हटाउन, बाटो खुलाउन, भत्केका संरचनालाई सुरक्षित तवरले मिलाउन, खानेपानीको आपूर्तिलाई सहज बनाउन सोमबार बिहानदेखि नै सेनाले थप प्राविधिक टोली खटाएको छ।

काठमाडौंबाट चारजना वरिष्ठ सर्जनसहितको विशेष मेडिकल टोली पनि प्रभावित क्षेत्रमा पठाइएको जानकारी प्रवक्ता ढकालले दिए। ढकालका अनुसार प्रभावित वस्तीमा सेनाले स्थानीयलाई खाना पकाएर खुवाउने, उनीहरुको लत्ताकपडा मिलाइदिने, उनीहरुको घरबासलाई बस्न मिल्ने बनाइने दिने काम गरिरहेको छ।





प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।