सुर्खेत - हुम्ला सदरमुकाम सिमकोट तीन दिनदेखि सञ्चारविहीन भएको छ। हिमपातका कारण किर्ने खर्केमा नेपाल टेलिकम टावरमा समस्या आएपछि सिमकोट सञ्चारविहीन बनेको हो। नेपाल टेलिकम हुम्लाका निमित्त कार्यालय प्रमुख रामबहादुर बोहोराका अनुसार हिमपातले सोलार भासिएर टावरमा समस्या भएपछि सञ्चार विच्छेद भएको छ।
टावर मर्मतमा भने केही समय लाग्ने नेपाल टेलिकमले जनाएको छ। ‘प्राविधिक आउन अझै ४/५ दिन लाग्छ।’ बोहोराले भने ‘हप्ता दिनभित्र टावर बन्न सक्छ।’ टेलिफोनको टावरमा खरावी आएसँगै सिमकोट आसपासका सेवाग्राही मर्कोमा परेका छन्। गत शनिबारदेखि सिमकोटवासी टेलिफोन र इन्टरनेट सेवाबाट बञ्चित भएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४