मंगलबार, साउन १९, २०८३

गृहले पठायो तीन ट्रक राहत

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - गृह मन्त्रालयले आइतबार साँझ हावाहुरीबाट प्रभावित बनेको बारा र पर्सामा तीन ट्रक राहत सामग्री पठाएको छ। मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले प्रभावित क्षेत्रमा घरबारविहीन बनेका पीडितका लागि त्रिपाल, कपडा तथा औषधि पठाइएको बताए । उनले थप आवश्यक सामग्री पठाउने तयारी भइरहेको जानकारी दिए।

गृह मन्त्रालयका अनुसार स्थानीय र प्रदेशस्तरीय उद्धार तथा राहत टोली प्रभावित क्षेत्रमा परिचालन भइरहेको छ। प्रभावित तराईका जिल्लामा खाद्यान्न संकट नहुने भन्दै गृह मन्त्रालयले आवश्यक परेमा पठाउने समेत जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।