मंगलबार, साउन १९, २०८३

कहाँबाट आयो त्यो भयानक हावाहुरी ? 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - अरब सागरबाट सुरु भएको हावाको वेग मध्य नेपालमा आइपुग्दा आइतबार राति बारा र पर्सामा ठूलो धनजनको क्षति पुगेको मौसमविद्हरुले बताएका छन्। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार अरब सागर र बंगालको खाडीबाट सुरु भएको हावाको वेग नेपालको मध्य भागमा आइपुग्दा तातो हावा माथि र चिसो हावा खाली ठाउँमा प्रवाह हुन्छ। त्यही हावाको उच्च वेगले बारा र पर्सामा वितण्डा मच्चाएको मौसम विज्ञान विभागका मौसमविद् मीनकुमार अर्यालले बताए। उनका अनुसार हावा हुरीको गति कति थियो भन्ने विषयमा विभागले सूचना संकलन गरिरहेको छ। प्रारम्भिक अनुमानअनुसार हावाको गति प्रतिसेकेन्ड ४० मिटरभन्दा बढी थियो। यस्तो  हावाहुरी १ घन्टा ३० मिनेटसम्म चलेको थियो।  

आइतबार बिहान महाशाखाले मध्य तथा पूर्वी क्षेत्रका अधिकांश स्थानमा मेघ गर्जनसहित वर्षा हुन सक्ने र साँझपख हावाहुरीसहित वर्षा हुन सक्ने पूर्वानुमान गरेको थियो।  

किन भएन हावा हुरीको पुर्वानुमान ?

मौसम विज्ञान विभागका अनुसार हावाहुरीको वेग छोटो दूरीमा सीमित रहेकाले ठूलो जनधनको क्षति हुने अनुमान गर्न नसकिएको हो। सामान्यतया लामो दुरीदेखि आएको हावा हुरीको अनुमान विभागले सजिलै गर्न सक्छ।  लोकल फेनोमेनाबाट सुरु भएको हावाको गतिबारे समयमै आँकलन हुन नसक्दा ठूलो जनधनको क्षति भएको छ। 

न्यूनचापीय क्षेत्रमा आसपासको उच्चचापीय क्षेत्रबाट हावा बहन्छ। बिहानै चर्को घाम लागेपछि जमिन तात्दा दिउँसो बहने हावा माथि जान्छ। तातो हावा माथि जाँदा खाली भएको ठाउँमा तत्काल चिसो हावा भरिन्छ। यस्तो समयमा हावाको वेग तीव्र हुन्छ। यस क्रममा ठूलो आवाजमा बिजुली चम्किने र भुमरीसमेत आउने मौसमविद् बताउँछन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।