आइतबार, साउन १७, २०८३

काठमाडौंमा कहाँ-कहाँ लगाइँदैछ ११ र १२ का विद्यार्थीलाई कोरोना खोप? [सूचीसहित]

काठमाडौंमा आजदेखि १८ वर्ष माथिका कक्षा ११ र १२ का विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाइने भएको छ।
 |  शुक्रबार, भदौ ४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ४, २०७८

काठमाडौं- काठमाडौंमा आजदेखि १८ वर्ष माथिका कक्षा ११ र १२ का विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाइने भएको छ। 

भदौ ४, ५ र ८ गते बिहान १० बजेदेखि ५ बजेसम्म कक्षा ११ र १२ का विद्यार्थीलाई भेरोसेल खोप दिइने भएको हो। 

स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार महानगरपालिकाले तोकिएका वडाका खोप केन्द्रबाट खोप लगाउन सकिने छ। कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूले सशस्त्र प्रहरी अस्पताल–बलम्बु, वीरेन्द्र सैनिक अस्पताल–छाउनी, राधास्वामी आइसोलेसन सेन्टर–सामाखुसी, नेपाल प्रहरी अस्पताल–महाराजगञ्जबाट खोप लगाउन सक्नेछन्।

यस्तै आजदेखि नै काठमाडौंमा ४० वर्षमाथिका नागरिकलाई पनि भेरोसेल खोपको पहिलो डोज दिइने महानगरले जनाएको छ।


प्रकाशित: Aug 20, 2021| 08:19 शुक्रबार, भदौ ४, २०७८
प्रतिक्रिया दिनुहोस्