मंगलबार, साउन १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राष्ट्रिय शोक घोषणा गर्न प्रदेश सरकारको माग, प्रदेशसभा बैठक स्थगित

राष्ट्रिय शोक घोषणा गर्न प्रदेश सरकारको माग, प्रदेशसभा बैठक स्थगित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुरधाम – हावाहुरीका कारण बारा र पर्सामा आएको संकटपछि प्रदेश २ सरकारले राष्ट्रिय शोकको घोषणा गर्न संघीय सरकारसँग माग गरेको छ । हावाहुरीबाट बारा र पर्सामा जनधनको ठुलो क्षति भएको भन्दै प्रदेश सरकारले संघीय सरकारसँग यस्तो माग गरेको हो।

प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई टेलिफोन गरी राष्ट्रिय शोक घोषणा गर्न आग्रह गरेका छन्। ‘बिहान मन्त्रिपरिषद्को बैठक चलिरहँदा मुख्यमन्त्रीज्यूले राष्ट्रिय शोक घोषणा गर्न प्रधानमन्त्रीज्यूलाई टेलिफोन गरेर आग्रह गर्नुभएको छ,’ आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले भने,‘मुख्यमन्त्रीसँगको कुराकानीमा प्रधानमन्त्रीज्यू सकारात्मक जबाफ दिनु भएको छ।

सोमबार बिहान बसकेको प्रदेश २ को आकस्मिक मन्त्रिपरिषद् बैठकमा शोक घोषणा गर्नेबारे प्रस्ताव आएपछि प्रदेश सरकारले संघीय सरकारलाई यस्तो आग्रह गरेको मन्त्री यादवले जानकारी दिए।

प्रदेशसभा बैठक स्थगित

हावाहुरीबाट बारा र पर्सामा आएको विपद्पछि सोमबार बस्ने भनिएको प्रदेशसभा बैठक स्थगित भएको छ। प्राकृतिक विपद्को अवस्थालाई हेर्दै सरकारले आग्रह गरेर प्रदेशसभा बैठक स्थगित गर्न लगाएको कानुनमन्त्री यादवले बताए। प्रदेशसभा बैठकका साथै सोमबारको सम्पूर्ण कार्यक्रमहरु स्थगित भएको उनले बताएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।