मंगलबार, साउन १९, २०८३

प्रदेश २ मा एसइई चैत २२ देखि २९ सम्म

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुरधाम - प्रदेश २ मा एसइईको स्थगित परीक्षा २२ चैतदेखि २९ गतेसम्म हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा २२ चैतदेखि २९ गतेसम्म लिने निर्णय गरेको छ । बोर्डको सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो।

चैत १० गते सुरु भएको परीक्षाको चौथो दिन रद्द भएको विज्ञान विषयको परीक्षा २२ गते लिने बोर्डले यसअघि नै निर्णय गरिसकेको छ। बोर्डले सार्वजनिक गरेको नयाँ तालिकाअनुसार २३ गते सामाजिक, २४ गते स्वास्थ्य तथा जनसंख्या, २५ गते ऐच्छिक प्रथम, २६ गते ऐच्छिक द्वितीय र २७ देखि २९ गतेसम्म प्राविधिक विषयहरुको परीक्षा लिइनेछ।

परीक्षाको चौथो दिन परीक्षाअगाबै प्रश्नपत्र बाहिरिएको सूचना सार्वजनिक भएपछि विज्ञान विषयको परीक्षा रद्द गरिएको थियो भने पाँचौ दिन समाजिक विषयको परीक्षा हुनुपूर्व स्थगित गरिएको थियो। परीक्षा स्थगित गरिएको विरोधमा प्रदेश २ का विभित्र स्थानहरुमा विद्यार्थीहरुले प्रदर्शन गरेका थिए।

परीक्षा तालिका

२२ गते : विज्ञान
२३ गते : सामाजिक
२४ गते : स्वास्थ्य तथा जनसंख्या
२५  गते :  ऐच्छिक प्रथम
२६ गते : ऐच्छिक द्वितीय 
२७ देखि २९ गते : प्राविधिक विषय
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।