काठमाडौं- दस महिनादेखि बन्द रहेको मलेसियाको रोजगारी सोमबार (आज)बाट खुलेको छ। आजबाट कलिङ भिसा पाइसकेकाहरुले श्रम स्वीकृति पाउने भएका छन् ।
वैदेशिक रोजगार विभागका अनुसार कलिङ भिसा पाएकाहरुको संख्या ७ हजारभन्दा बढी छ। करिब एक महिनाअघि श्रम विभागले सूचना जारी गरी कलिङ भिसा लिएकाहरुको तथ्यांकमा गरेको थियो ।
वैदेशिक रोजगार विभागले श्रम कार्यालय ताहाचललाई पत्र लेख्दै सोमबारबाट श्रम स्वीकृतिको प्रक्रिया अगाडि बढाउन अनुरोध गरेको छ । श्रम स्विकृतिका लागि बिहानैदेखि श्रम कार्यालयमा युवाहरुको भिड लागेको छ।
कामदारमाथि आर्थिक भार पारेको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले गत जेठ २ गतेबाट तत्कालका लागि कामदार नपठाउने निर्णय गरेका थिए। कामदार पठाउन रोक लगाएपछि कलिङ भिसा पाएकाहरु पनि मलेसिया जानबाट वञ्चित भएका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४