मंगलबार, साउन १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मृतक परिवारलाई ३/३ लाख सहयोग गर्ने प्रदेश सरकारको घोषणा

मृतक परिवारलाई ३/३ लाख सहयोग गर्ने प्रदेश सरकारको घोषणा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुरधाम- हावाहुरीबाट बारा र पर्सामा ज्यान गुमाएका परिवारलाई जनही ३ लाख नगद आर्थिक सहयोग गर्ने घोषणा गरेको छ । सोमबार बिहान बसेको प्रदेश २ को मन्त्रिपरिषद्को आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो ।

आइतबार राती एक्कासी तीव्र गतिमा आएको हावाहुरीमा परि हालसम्म ३५ जनाको ज्यान गएको प्रदेश सरकारले जनाएको छ । मृतक सबै परिवारलाई तत्काल ३÷३ लाख नगद आर्थिक सहयोग गर्ने निर्णय भएको आन्तरिक मामिला तथा कानुनमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्र यादवले जनाएका छन् ।

यसैगरी घाइतेहरुको उपचार खर्चको व्यवस्थासमेत प्रदेश सरकारले गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको उनले बताए । यसका साथै हावाहुरीका कारण घरबारविहीन भएकाहरुका लागि खाना तथा लत्ताकपडाको व्यवस्थासमेत प्रदेश सरकारले गर्ने मन्त्री यादवले जानकारी दिए ।

आइतबार राती अचानक आएको हावहुरीका कारण बारा र पर्सा जिल्लामा पाँच सयभन्दा बढी स्थानीय घाइते भएका छन् । तीव्र हावाहुरीका कारण फुसका अधिकांश फुसका घरहरु भत्किएर सयौं परिवार विस्थापित भएका छन् । घाइतेहरुको उपचार वीरगंज, कलैयालगायतका अस्पतालहरुमा भइरहेको छ । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।