काठमाडौं- आज चैत १७ गते आइतबार कहाँ के-के भयो? अब थाहा पाउनुहोस्, नेपाल समय दिनभरी।
नेपाली बजारमा दैनिक मागभन्दा १५ किलोग्राम सुन कमी भएको व्यवसायीले बताएका छन्। नेपाल सुनचाँदी व्यवसायी महासंघको सोमबारदेखि रुपन्देहीमा सुरु हुने छैटौं वार्षिक साधरणसभाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष मोहन सुनारले मागभन्दा आपूर्ति कम हुँदा सुनचाँदी व्यवसायीले बारम्बार समस्या झेल्नुपरेको बताए।
इन्डियन प्रिमियर लिग (आइपीएल)मा सनराइजर्स हैदरावदले सानदार जित निकालेको छ । आइतबार भएको खेलमा रोयल च्यालेन्जर्स बेंग्लोरलाई १ सय १८ रनले पराजित गर्दै सानदार जित निकालेको हो ।
सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी उपरीक्षकमा पदोन्नती भएका अधिकृतहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्। मंगलबार सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हलचोकमा आयोजित कार्यक्रममा खनालले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।
पश्चिमी न्यूनचापीय वायुको प्रभावले देश भरको मौसम केही दिनेदेखि प्रभावित बनेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मौसममा आएको खरावीका कारण देशभर कही आंशिकदेखि कही मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।
दुई दिने भ्रमणका लागि प्रधानमन्त्री प्रदेश १ मा आएका छन्। आइतबार बिहान मोरङको विराटनगर विमानस्थलबाट प्रदेश १ आएका प्रधानमन्त्री ओली सोमबार साँझ झापाको भद्रपुरबाट काठमाडौं फर्कने छन्।
०७२ को भूकम्पपछि ललितपुरको बालकुमारीबाट सेवा सञ्चालन गर्दै आएको नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्तसञ्चार सेवा (ब्लड बैंक) आइतबारदेखि कालिमाटी सरेको छ। ब्लड बैंकका सम्पूर्ण सेवा आइतबारदेखि रेडक्रसमार्गस्थित रेडक्रसको केन्द्रीय कार्यालय परिसरबाट सुरु गरिएको हो।
इन्डियन प्रिमियर लिग (आइपीएल)मा डेभिड वार्नर र जोनी ब्रास्टाले आइपिएलमा नयाँ कीर्तिमान बनाएकान छन् । आइतबार रोयल च्यालेन्जर्स बेंग्लोरविरुद्धको खेलमा सनराइजर्स हैदरावाद लागि ओप्नर ब्याटिङ गर्न आएका वार्नर र ब्रास्टोले १ सय ८५ रनको साझेदारी गर्दै नयाँ रेकर्ड बनाएका हुन् ।
सरकारले पुरानो किसिमको सवारीचालक अनुमतिपत्र खारेज गर्दै वि.सं. २०७२ मा मेसिन रिडेबल (स्मार्ट) लाइसेन्स जारी गर्न सुरु गर्यो। ट्रायल दिएर लाइसेन्स कार्ड लिनेको सङ्ख्या दिनप्रतिदिन बढिरहेको छ।
चाँगुनारायण नगरपालिका–९ ताथली सौडोलका २३ वर्षीया प्रभा गिरी र १९ वर्षीया प्रमिता गिरीलाई अहिलेसम्म दाहसंस्कारको विधिकाबारेमा समेत पत्तो थिएन। तर गत ७ गते बिहीबार राति आफ्नै आमाको शरीरमा दागबत्ती दिएर समाधिमा माटो दिँदा अविवाहित यी दुई दिदीबहिनीले आफ्नो मनलाई निकै गाँठो पारे, आमाको शरीरलाई माटोले पुर्दै गर्दा जिन्दगीमा आफूहरु टुहुरो भएको महसुस गरे।
ओखलढुंगामा स्कार्पिओ जिप दुर्घटनामा ज्यान गुमाएका सबै ६ जनाको सनाखत भएको छ। मानेभञ्ज्याङ गाउँपालिका–६ हिलेपानी नजीकै भडारे खोलामा स्कार्पियो दुर्घटनामा ज्यान गुमाउनेमा ताप्लेजुङ, ओलाङ्चुङ्गोलाका ५५ वर्षीय मिङ्मा शेर्पा, ताप्लेजुङ फत्तालुङका ४५ वर्षीय साम्गेल शेर्पा तथा काठमाडौं बौद्धका ४० वर्षीय ङवाङसेर्तुङ शेर्पा, ३५ वर्षीय नोर्बु शेर्पा, वाङ्दा शेर्पा र डोमा शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिए।
जनकपुरमा पहिलो पटक खाद्य मेला लाग्ने भएको छ। संघीय सरकारको कृषि तथा पशुपंक्षी विकास मन्त्रालय मातहत रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको आयोजनामा तीन दिने खाद्य मेलाको आयोजना हुन लागेको हो।
मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सोमबार रातिदेखि दैनिक १० घण्टा बन्द हुने भएको छ।
आफू अपहरणमा परेको भन्दै फिरौती माग्ने जयभान धामीलाई प्रहरीले पक्राउ गरेको छ। अपराध महाशाखाको विशेष टोलीले धामीलाई चाबहिलबाट पक्राउ गरेको हो।
सोलुखुम्बुबाट काठमाडौंका लागि गुडेको बा१५च २२०७ नम्बरको जिप आइतबार ओखलढुंगाको भँडारेखोलामा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा तीन जना घाइते भएका छन्।
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसले नै आफूलाई अमेरिकामा थुनाउन खोजेको खुलासा गरेका छन् ।
नेपालमा पहिलोपटक सप्तकोसीमा सञ्चालन हुने जेट बोट निर्माण भएको छ । मोरङको सुन्दरहरैँचाको बलियामा नेपालकै प्राविधिकहरुले जेटबोट बनाएका हुन् । दुई करोड लागतका जेटबोट निर्माण भएको निर्माताको भनाइ छ ।
सूचना तथा संचार प्रविधि मन्त्री गोकुल बाँस्कोटा र राजपाका नेता राजेन्द्र महतोबीच आईतबार सार्वजनिक कार्यक्रममा दम्भका बिषयलाई लिएर जुहारी चलेको छ।
बर्दियाको बनगाईमा दुईवटा मोटरसाइकल ठोक्किँदा तीनजनाको मृत्यु भएको छ ।
भारतबाट अवैधरूपमा नेपाल भित्र्याइएको १४ कार्टुन औषधिसहित प्रहरीले चार जनालाई दक्षिणी झापाको कचनकवल गाउँपालिकाबाट नियन्त्रणमा लिएको छ ।
नेपालगञ्ज नाकाबाट भारतीय पशु तथा पशुजन्य वस्तुको आयात पूर्णरूपमा ठप्प भएको छ ।
नेत्रविक्रम चन्द (विप्लव) समुहका कास्की जिल्लास्तरीय एक नेतालाई प्रहरीले पक्राउ गरेको छ ।
'लगानी सम्मेलन २०१९' मा हालसम्म जम्मा १७ खर्ब रुपैयाँ मात्रैको प्रतिवद्धता आएको छ । सरकारले साढे ३० खर्ब लगानी भित्राउने प्रक्षेपणसहित आयोजना गरेको सम्मेलनमा करिब आधा रकमको मात्रै प्रतिवद्धता आएको हो । जसमा विदेशी लगानीकर्ताले १२ खर्ब १५ अर्ब रुपैयाँ लगानी गर्ने इच्छा जाहेर गरेका छन् ।
काठमाडौंमा सम्पपन कलेज क्रिकेट लिग (सिसिएल) टी-२० क्रिकेटको उपाधी ट्रिटन कलेजले जितेको छ । आइतबार कीर्तिपुरसस्थित टीयू क्रिकेट मैदानमा भएको फाइनल खेलमा गोल्डेन गेटलजाई ५ विकेटले पराजति गर्दै सिसिएलको उपाधी ट्रिटनले जितेको हो ।
शरीरमा स्फुर्तिको लागि ब्रेकफास्टको प्रमुख भूमिका रहेको हुन्छ। एक अध्ययनले ब्रेकफास्टले शरीरको मोटोपन घटाउन भने मद्दत गर्दैन भन्ने पुष्टि गरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४