मंगलबार, साउन १९, २०८३

‘जाउँ है पोखरा’ का अभियानी जनकपुरमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुरधाम – आन्तरिक पर्यटन प्रवद्र्धनमार्फत पर्यटनको दिगो विकास गर्ने उद्देश्यका साथ पोखरेली पर्यटन व्यवसायीहरु जनकपुर पुगेका छन्। गण्डकी प्रदेशले आन्तरिक पर्यटन वर्ष २०१९ मनाइरहँदा पोखरेली पर्यटन व्यवासायीहरु आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य बोकेर जनकपुर पुगेका हुन्।

‘जाउँ है पोखरा’ अभियान–२०७५ सञ्चालन गरेका उनीहरुले पर्यटनको क्षेत्रमा जनकपुर र पोखराबीच परस्पर सम्बन्ध स्थापित हुनुपर्नेमा जोड दिएका छन्।

‘जाउँ है पोखरा’ अभियानका साथ जनकपुर पुगेका पश्चिमाञ्चल होटल संघकको टोलीले नेपालभित्र रहेका पर्यटकीय स्थलहरुको प्रचारप्रसार गर्न सकिए आन्तरिक पर्यटनले फड्को मार्ने विश्वास व्यक्त गरेका छन्।

जनकपुर पुगेका पश्चिमाञ्चल होटल संघका पोखराका अध्यक्ष विकल तुलाचनले आन्तरिक पर्यटन वर्ष २०१९ को अवसर पारेर यस क्षेत्रका नागरिकलाई पोखरा पुग्न आग्रह गरेका छन्। नेपालमा सबैभन्दा बढी पर्यटक पुग्ने ठाउँ पोखरा रहेपनि त्यसलाई टिकाइ राख्न ‘जाउँ है पोखरा’ अभियान सुरु गरिएको उनले बताए।

पर्यटकलाई आकर्षित गर्न र टिकाउन पोखरामा ठुलो संख्यामा पर्यटकीय स्थल तथा होटलहरुको निर्माण गर्नुपरेको तुलाचनले आफ्नो अनुभव सुनाए।

जनकपुरको सन्दर्भमा बोल्दै उनले जनकपुर आफैमा धार्मिक पर्यटकीय स्थलको केन्द्र रहेकोले व्यवस्थित गर्नुपर्नेमा जोड दिए। नेपालमा सबैभन्दा बढी पर्यटनको सम्भावना बोकेको सहर जनकपुर रहेको उनको भनाइ थियो। तुलाचनले जनकपुर आउने पर्यटकलाई पोखरा र पोखरा पुग्ने पर्यटकलाई जनकपुरसम्म पुर्‍याउन सकिए पर्यटनको क्षेत्रमा कोशेढुंगा सावित हुने बताएका छन्।

‘जाउँ है पोखरा’ अभियानका अभियानकर्ता विश्वशंकर चालिसेले जनकपुरको मिथिला संस्कृतिको प्रचारप्रसार गर्नु आवश्यक रहेको बताए। पोखराको पर्यटनलाई बढावा दिन २९ चैतदेखि १ वैशाखसम्म फेवा नव वर्षको आयोजना गरिएको उनले जानकारी दिएका छन्।

गण्डकी प्रदेश सरकारले घोषणा गरेको आन्तरिक पर्यटन वर्ष र संघीय सरकारले अघि सारेको नेपाल भ्रमण वर्षलाई सफल बनाउन ‘जाउँ है पोखरा’ अभियान सुरु गरिएको उनको भनाइ थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।