मंगलबार, साउन १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ओलीले भने : मिडियाले सरकार र अदालतबिच झगडा गराउन खोज्‍यो

ओलीले भने : मिडियाले सरकार र अदालतबिच झगडा गराउन खोज्‍यो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

इटहरी – दुई दिने भ्रमणका लागि प्रधानमन्त्री प्रदेश १ मा आएका छन्। आइतबार बिहान मोरङको विराटनगर विमानस्थलबाट प्रदेश १ आएका प्रधानमन्त्री ओली सोमबार साँझ झापाको भद्रपुरबाट काठमाडौं फर्कने छन्। 

आइतबार विराटनगरमा आएर पत्रकारहरुसँग बोलेका ओलीले लगत्तै मोरङको उर्लाबारीमा रहेको मदन भन्डारी प्रतिष्ठानको रजत वर्ष तथा अठारौं साधारणसभा उद्घाटन गरे।  यी दुबै कार्यक्रममा ओलीले आफ्ना भनाइहरु यसरी राखेः

मदन भन्डारी विश्वविद्यालय खोलीने

जननेता मदन भन्डारीको सोचाई अनुसार नै देश अगाडि बढेको ओलीले बताए। मदन भन्डारी प्रतिष्ठानको रजत वर्षमा उर्लाबारी मोरङमा आयोजित कार्यक्रममा बोल्दै ओलीले यस्तो बताएका हुन्। चाँडै विश्वविद्यालय पनि मदन भन्डारीको नाममा खोलीने र सजारौं  युवाहरुले शिक्षा लिने ओलीले बताए। 

लागनी सम्मेलनमा प्रतिवद्धता राम्रो आयो

विराटनगर विमानस्थलमा पत्रकारको लगानी सम्मेलन कस्तो रह्यो भन्ने प्रश्नमा ओलीले प्रतिप्रश्न गर्दै भने, ‘मलाई तपाइहरुलाई सोध्न मन लाग्यो, कस्तो लाग्यो?’ 

पत्रकारले प्रतिबद्धता सोचे जस्तो नआएको बताउँदा ओली आक्रोसित भए। लगानी सम्मेलनमा केहि दिन आयोजना छनौट गर्ने समय भएको भन्दै ओलीले सोचेजस्तो नभएको कुराको प्रतिवाद गरे। एसिया, युरोपदेखी अमेरिका अनि खाडी क्षेत्रबाट पनि लगानीकर्ताहरु आएको भन्दै ओलीले लगानी सम्मेलनमा समेत खोट लाउनु गाह्रो भएको बताए। 

यो सरकारको आधार वर्ष, अर्को संरचना वर्ष

गत वर्षबाट यो वर्षको चैतसम्म आफ्नो सरकारको आधार वर्ष भएको प्रधानमन्त्री ओलीले बताए। अब अर्को वर्षपछि मात्रै विकास वर्ष सुरु हुने उनको भनाई थियो। सबै आधार र संरचनाहरु तयार भएपछि मात्रै विकास वर्ष सुरु हुने ओलीले बताए। अहिले नै आठ प्रतिशतको आर्थिक बृद्धि भएको बताउँदै ओलीले विकास वर्षमा झनै धेरै हुने बताए। 

मिडियाले झगडा मात्रै लाए 

विराटनगरमा पत्रकारहरुले प्रधानमन्त्री ओलीलाई प्रश्न गरे, ‘सरकारले विप्लब समूहको नेकपालाई प्रतिबन्ध लगायो, तर अदालतले छाड्यो किन? यस्तै संघिय सरकारले प्रदेश सरकारलाई अधिकार दिएन भन्ने गुनासो मुख्यमन्त्रीको छनी?

यी दुवै प्रश्नमा ओली कड्किए। विप्लबलाई प्रतिबन्द लगाएको भन्नु गलत भएको उनले बताए। विप्लब कुनै दल नभएर गिरोह भएकाले दललाइ प्रतिबन्द बनाएको भन्नु गलत भएको आलीले बताए। अदालतले छाड्ने कुरामा प्रमाण नपुगेको र अदालत स्वतन्त्र भएकाले बताएका थिए। उनले अदालत र सरकारका कतिपय कुरामा भिन्नता हुन सक्ने बताउँदै मिडियाले सरकार र अदालतबिच झगडा गराउन खोजेको आरोप लगाएका थिए। 

संघिय सरकारले प्रदेशलाई अधिकार नदिएको मुख्यमन्त्री शेरधन राईको गुनासो भएको भन्दै पत्रकारले प्रश्न गर्दा पनि प्रधानमन्त्री ओली जंगिए। भने, ‘उहाँले भन्दै नभनेको कुरा तपाँईले भन्नु भयो।’ संघिय र प्रदेश सरकारका बिचमा मिडियाले झगडा लाएको ओलीले बताए। 

कांग्रेसले सबैतिर भागबन्डा खोज्यो

विप्लबलाई प्रतिबन्ध लाएर सरकारले द्वन्द्व निम्त्यायो भन्ने शेरबहादुर देउवाको भनाईबारे पत्रकारले राखेको जिज्ञासामा प्रधानमन्त्री ओलीले भने, ‘केहि त भन्नु पर्यो नि बाबा। नेपाली कांग्रेसले सबैतिर भागबन्डा खोज्छ।’

सरकार पूर्ण छ, फेरबदल हुँदैन 

लगानी सम्मेलनपछि सरकारले पूर्णता पाउने हो भन्ने प्रश्नमा ओलीले भने,‘अहिले नी पूर्ण छ नि।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।