सोमबार, साउन १८, २०८३

आइपिएलमा वार्नर र ब्रास्टोको नयाँ कीर्तिमान

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपीएल)मा डेभिड वार्नर र जोनी ब्रास्टाले आइपिएलमा नयाँ कीर्तिमान बनाएकान छन् । आइतबार रोयल च्यालेन्जर्स बेंग्लोरविरुद्धको खेलमा सनराइजर्स हैदरावाद लागि ओप्नर ब्याटिङ गर्न आएका वार्नर र ब्रास्टोले १ सय ८५ रनको साझेदारी गर्दै नयाँ रेकर्ड बनाएका हुन् । 

वार्नर र ब्रास्टोले गौतक गम्बिर र क्रिस लिनको नाममा रहेकाे ओप्नर ब्याटिङको साझेदारीमा सर्वाधिक रन बनाउने  रेकर्डलाई तोड्दै आफ्नो नाममा गरेका हुन् । 

यसअघि २०१७ मा कोलकाता नाइट राइडर्सका लागि ओप्नर ब्याटिङ गर्न आएका गम्भिर र लिनले अविजित १ सय ८४ रनको साझेदारी गर्दै रेकर्ड बनाएका थिए । राजकोटमा भएको खेलमा गम्भिर र लिनले गुजराँत लायन्सविरुद्ध ओप्नर ब्याटिङको साझेदारीको सर्वाधिक रन बनाउने रेकर्ड बनाएका थिए । 

आइपिएलमा साझेदारीमा सर्वाधिक रन बनाउने रेकर्ड भने विराट कोहली र अभि डेभिलियर्सको नाममा छ । कोहली र डेभिलियर्सले २ सय २९ रनको सर्वाधिक रन बनाउने साझेदारीको रेकर्ड बनाएका छन् । 

टस हारेर ब्याटिङ गरेको हैदरावाद लागि पहिलो विकेटका लागि १ सय ८५ रनको साझेदारी गरेका थिए । ब्रास्टोले उक्त रेकर्डसँग बराबरी गर्न १ सय १४ रनको योगदान दिए । 

उनले ५६ बलमा १२ चौका र ७ छक्का प्रहार गर्दै १ सय १४ रुनको सतकिय पारी खेले । उक्त सतक जारी सिजनको दोस्रो सतक समेत हो । त्यस्तै वार्नरले उक्त रेकर्डका लागि ७१ रनको योगदान दिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।