सोमबार, साउन १८, २०८३

जिप दुर्घटनामा ज्यान गुमाएका सबैको सनाखत

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

ओखलढुंगा – ओखलढुंगामा स्कार्पिओ जिप दुर्घटनामा ज्यान गुमाएका सबै ६ जनाको सनाखत भएको छ। मानेभञ्ज्याङ गाउँपालिका–६ हिलेपानी नजीकै भडारे खोलामा स्कार्पियो दुर्घटनामा ज्यान गुमाउनेमा ताप्लेजुङ, ओलाङ्चुङ्गोलाका ५५ वर्षीय मिङ्मा शेर्पा, ताप्लेजुङ फत्तालुङका ४५ वर्षीय साम्गेल शेर्पा तथा काठमाडौं बौद्धका ४० वर्षीय ङवाङसेर्तुङ शेर्पा, ३५ वर्षीय नोर्बु शेर्पा, वाङ्दा शेर्पा र डोमा शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिए। 

उनका अनुसार ज्यान गुमाएकामध्ये चार पुरुष र दुई महिला छन्। सोलुखुम्बुको जुनबेँसी गुम्बाबाट पूजापाठ गरेर काठमाडौं फर्कंदै गरेको रातो नम्बर प्लेटको बा १६ च २२०७ नं को जिप दुर्घटनामा परेको थियो। 

जिप सडकबाट करीब २०० मिटर तल खसेको थियो। दुर्घटनामा परी चालक कृष्ण श्रेष्ठसहित तीन जना गम्भीर घाइते भएका छन्। घाइतेको उदयपुरको घुर्मीमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौं पठाइएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।