काठमाडौं - आफू अपहरणमा परेको भन्दै फिरौती माग्ने जयभान धामीलाई प्रहरीले पक्राउ गरेको छ। अपराध महाशाखाको विशेष टोलीले धामीलाई चाबहिलबाट पक्राउ गरेको हो।
काठमाडौंको जडिबुटी बस्ने दार्चुला नागाड गाउँपालिका–१६ स्थायी घर भएका २६ वर्षीय धामी पक्राउ परेका हुन्। धामीले परिवारसँग पैसा फिरौती माग्ने उद्देश्यले आफैं अपहरण परेको झूटो विवरण पेस गरेका अनुसन्धानबाट खुलेको छ।
अपहरणमा परेको सूचना पाएपछि खटिएको अपराध अनुसन्धान महाशाखाको टोलीले कल ट्र्याक गर्दै जाँदा उनी चाबहिलबाट पक्राउ परेका हुन् । धामीका विषयमा थप अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४