सोमबार, साउन १८, २०८३

कलेज क्रिकेट लिगमा ट्रिटन च्याम्पियन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- काठमाडौंमा सम्पपन कलेज क्रिकेट लिग (सिसिएल) टी-२० क्रिकेटको उपाधी ट्रिटन कलेजले जितेको छ । आइतबार कीर्तिपुरसस्थित टीयू क्रिकेट मैदानमा भएको फाइनल खेलमा गोल्डेन गेटलजाई ५ विकेटले पराजति गर्दै सिसिएलको उपाधी ट्रिटनले जितेको हो । 

गोल्डेन गेटले दिएको १ सय २७ रनम लक्ष्य पछ्याएको ट्रिटनले १९.२ ओभरमा मात्र ५ विकेट गुमाउँदै उक्त लक्ष्य भेट्टायो । ट्रिटनको जितमा प्रदीप ऐरीले अविजित ४५ रन जोडे ।



यसअघि गोल्डेन गेटले पुरै २० ओभरमा ७ विकेट गुमाएर १ सय २६ रन बनाएको थियो । टस हारि पहिलो ब्याटिङ्ग गरेको गोल्डेन गेटले दिपेन्द्र सिँह ऐरिको अर्धसतको मद्दतमा १ सय २६ रन बनाएको थियो । जवाफमा प्रदिप ऐरिले अविजित ४५ र बिक्रम सोबले ६ बलमा महत्वपूर्ण १७ रनको इनिङ्गस खेलेपछि ट्रिटनले १९.२ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य प्राप्त गर्यो ।

सामान्य लक्ष्य पछ्याउने क्रममा ट्रिटनले १६ रनमै दुई विकेट गुमाएको थियो तर प्रदिपले आदिल खानसँग तेश्रो विकेटका लागि ६५ रनको महत्वपूर्ण साझेदारी गर्दै टिमलाई खेलमा कायम राखेका थिए । राष्ट्रिय टोलीमा भर्खरै प्रवेश गरेका अविनाश बोहोराले आदिल र बिनोद भण्डारीलाई ११ रनमा बोल्ड गरे भने किरण ठगुन्ना अमर सिँह रौटेलाको बलमा आउट भएपछि गोल्डेन गेट खेलमा फर्किएको थियो ।

अन्तिम ८ बलमा १५ रन चाहिएको अवस्थामा बिक्रमले १९ औं ओभरको अन्तिम दुई बलमा अविनाशलाई छक्का प्रहार गरेपछि ट्रिटनका लागि जित सहज बनेको थियो । प्रतियोगिताको विजेता टोली ट्रिटनले २ लाख २२ हजार २ सय २२ हात पार्यो । त्यस्तै उपविजेता बनेको गोल्डेन गेटले १ लाख ११ हजार १ सय ११ रुपैयाँ चित्त बुझायो । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।