सोमबार, साउन १८, २०८३

नेपालमै बन्यो मिनी 'पानीजहाज', चल्न थाल्यो सरर

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

इटहरी- नेपालमा पहिलोपटक सप्तकोसीमा सञ्चालन हुने जेट बोट निर्माण भएको छ । मोरङको सुन्दरहरैँचाको बलियामा नेपालकै प्राविधिकहरुले जेटबोट बनाएका हुन् । दुई करोड लागतका जेटबोट निर्माण भएको निर्माताको भनाइ छ ।

मिनी पानीजहाजको सप्तकोसीमा सफल परीक्षणसमेत भएको छ । शनिबार साँझ ७ बजेपछि परीक्षण गरिएको इन्जिनियर लेखराज रिजालले बताए । मोरङबाट चतरासम्म ठूला ट्रकमा बोकेर लगिएको र क्रेनले निकालेर पानीमा सफल परीक्षण गरिएको रिजालले बताए । उनले भने, ‘नेपाली प्राविधिकले बनाएर पहिलोपटक सप्तकोसीमा चलेको जेटबोट हाम्रो भयो । हामी खुसी छौं ।’

जेटबोटलाई सगरमाथाको उचाइका नाममा ८८४८ मिटर नाम दिइएको छ । नेपाली पुँजी र प्राविधिकले बनाएको जेटबोटलाई । उक्त जेटबोटको बडीमै लेखिएको छ ‘प्राउड्ली म्यानुफ्याक्चर्ड इन नेपाल ।’

गत जेठ २२ गते दर्ता भएर सञ्चालनमा आउन लागेको सप्तकोसी टुरिजम एन्ड वाटर ट्रान्सपोर्टेसन नामक जलयात्रा गराउने कम्पनीले बनाएको हो जेटबोट । ३० सिटे जेटबोट निर्माणको नेतृत्व इन्जिनियरहरु सुमन खत्री र लेखराज रिजालले गरेका थिए ।

जेटबोटका नक्सांकन भने फाइनआर्टका कलाकार सुरेश चौधरीले गरेका थिए । सुन्दररहंैचाको जयलक्ष्मी फाइबर उद्योग र  विराटनगरको जिडिएस फाइबर वल्डको सँगको सहकार्यमा जेटबोट निर्माण भएको हो ।

काठमाडाैं विश्वविद्यालयबाट मेकानिकल इन्जिनियरिङ गरेका खत्री र भारतबाट सोही विषय पढेका रिजालले नेपालको पहिलो जेटबोट बनाएका हुन् ।

इन्जिन र जेट बने विदेशी

जेटबोटका लेआउट, बडी र सबै संरचनाहरु नेपालमै उपलब्ध सामानहरु बाट बनाइएको हो । जेटबोटको इन्जिन र जेट भने फिनल्यान्डबाट ल्याइएको हो । फाइबर र स्टिल लगायतका सामान प्रयोग गरेर बनाइएको जेटबोटमा इन्जिन र जेटमात्रै विदेशबाट ल्याउँदा पनि धेरै जोखिएको प्राविधिक बताउँछन् ।

नेपालमै जेटबोट बनाउँदा डेढ करोड जोगिने इन्जिनियर रिजाल बताउँछन् । रिजालका अनुसार इन्जिन र जेट बाहेकका जेटबोटका संचरना विदेशबाट खरिद मूल्य, यातायात र अन्य खर्च गरेर लाग्ने रकम बच्दा डेढ करोड कमै नेपाली जेटबोट तयार हुन्छ ।

सप्तकोसी टुरिजम एन्ड वाटर ट्रान्सपोर्ट प्रालिका लगानीकर्ता राजेन्द्र कार्की पनि इन्जिनियरहरुले नेपालमे जेटबोट बनाउने बताएपछि विदेशमा पूरै निर्भर नभएको बताउँछन् । आफ्नो कम्पनीमा इन्जिनियरहरुसमेत लगानीकर्ता भएकाले आफ्नो कम्पनी प्राविधिक रुपमा बलियो र आत्मनिर्भरसमेत हुने कार्कीले बताए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।