सोमबार, साउन १८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रधानमन्त्री ओली र पूर्वराजा ज्ञानेन्द्र एकैसाथ पूर्वमा !

प्रधानमन्त्री ओली र पूर्वराजा ज्ञानेन्द्र एकैसाथ पूर्वमा !

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

झापा- प्रधानमन्त्री केपीशर्मा ओली दुई दिने भ्रमणका लागि पूर्व पुग्दै गर्दा पूर्वराजा ज्ञानेन्द्र शाह पनि पूर्व भ्रमणमा निस्किएका छन् ।
 
प्रधानमन्त्री ओली प्रदेश नम्बर १ को झापा र मोरङको दुई दिने भ्रमणका लागि आज मध्यान्न पूर्व आइपुगेका छन् ।

दुईदिने झापा–मोरङ बसाइका क्रममा प्रधानमन्त्री ओलीले मोरङको उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमा इञ्जिनीयरिङ कलेजको उद्घाटन, मदन भण्डारी स्मृति प्रतिष्ठानको रजतजयन्ती स्तम्भ अनावरण र प्रतिष्ठानको साधारणसभाको उद्घाटन गर्ने कार्यक्रम छ । 

उनले दमक नगरपालिका परिसरमा आजै अपराह्न आयोजना हुने प्रदेश नं १ स्तरीय साहित्यिक गोष्ठीको उद्घाटन गर्नुका साथै मदन भण्डारी रङ्गशालासम्बन्धी छलफलमा सहभागी हुने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

प्रधानमन्त्रीले आजै गौरादह र दमक नगरपालिकाका जनप्रतिनिधिहरुसँग पनि भेटघाट एवं छलफल गर्ने जनाइएको छ । 

त्यस्तै भोलि बिहान उहाँले दमक रेडक्रस हलमा आयोजना हुने नगर र वडा कमिटीको शपथ तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुनुहुनेछ । भोलि नै प्रधानमन्त्रीले दमकमा निर्माण भएको पशुपक्षी हाटको उद्घाटन गर्ने कार्यक्रम छ ।

यस्तै पूर्व भ्रमणको क्रममा पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार इलाम पुगेका छन् । लामो समयदेखि तराई यात्रामा रहेका पूर्वराजा आइतबार बिहान दमकबाट इलाम पुगेका हुन् । चैत २१ गतेसम्म उनी इलममा रहने छन् भने १९ गते मंगलबार पूर्वराजाले पाँचथरको फिदिममा रहेको गढिमाईमा दर्शन गर्ने कार्यक्रम छ । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।