सोमबार, साउन १८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राजपा नेता महतो र मन्त्री बाँस्कोटाबीच ‘दम्भको’ जुहारी 

राजपा नेता महतो र मन्त्री बाँस्कोटाबीच ‘दम्भको’ जुहारी 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- सूचना तथा संचार प्रविधि मन्त्री गोकुल बाँस्कोटा र राजपाका नेता राजेन्द्र महतोबीच आईतबार सार्वजनिक कार्यक्रममा दम्भका बिषयलाई लिएर जुहारी चलेको छ। 

राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले दुई तिहाईको दम्भले सरकारले  मिडियामा आतंक सृजना गर्न खोजेको आरोप लगाएका  छन् । आईतबार राजधानीमा आयोजित रिपोर्टस क्लवको २१  औ स्थापना दिवसमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् ।

‘सरकारले आफ्नो असपलता लुकाउन मिडियालाई नियन्त्रण गर्न खोजेको छ। विरोध गर्ने आलोचना गर्ने मिडिया हाउसलाई त्रास दिने काम बन्द  गर्न  सरकारसंग माग गर्दछु’ महतोले भने । 
दम्भले  पूर्ब राजा ज्ञानेन्द्र  नारायाणहिटी छोड्न परेकोले सरकारलाई पनि दम्भ त्याग्न उनले आग्रह गरे। उनले दम्भको बाटोमा सरकार हिडे धेरै समय नटिक्ने पनि चेतावनी दिए ।

कार्यक्रममा नेता महतोले दिएको अभिव्यक्तिको प्रतिवाद गर्दै  संचार  तथा  सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सरकारले कहिल्यै मिडियालाई कमजोर बनाउने काम नगरेको बताए । उनले सरकार दम्भ देखाउने भन्दा मिडियालाई बलियो बनाउने काममा अघि बढेको दाबी गरे ।

मन्त्री बाँस्कोटाले यो वर्ष मिडियाका लागि विशेष वर्ष हुने बताए । उनले यसैवर्षबाट समानुपातिक विज्ञापन र क्लिनफिड लागु गर्ने जानकारी दिए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।