बर्दिया- बर्दियाको बनगाईमा दुईवटा मोटरसाइकल ठोक्किँदा तीनजनाको मृत्यु भएको छ ।
आइतबार बिहान भे ८ प ६९६८ र बा ९१ प ९३७७ नम्बरको मोटरसाइकल ठोक्किदा दुई जनाको घटनास्थलमै र एक जनालाई उपचारका लागि लैजादैँ गर्दा बाटोमै मृत्यु भएको हो ।
दुर्घटनामा बर्दियाको मधुवन नगरपालिका १ इन्द्रपुरका २१ वर्षका सुरज चौधरी र कृष्णा चौधरी तथा बारबर्दिया नगरपालिका ९ का २३ वर्षका खगेन्द्र बस्नेतको मृत्यु भएको इलाका प्रहरी कार्यालय बाँसगढीले जनाएको छ ।
उनीहरुमध्ये सुरज र कृष्णाको घटनास्थलमै र खगेन्द्रको उपचारका लागि कोहलपुर लैजाँदै गर्दा बाटैमा मृत्यु भएको हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४