सोमबार, साउन १८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • लगानी सम्मेलन : ३० खर्बको आह्वान, १७ खर्बको मात्रै आवेदन 

लगानी सम्मेलन : ३० खर्बको आह्वान, १७ खर्बको मात्रै आवेदन 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- 'लगानी सम्मेलन २०१९' मा हालसम्म जम्मा १७ खर्ब रुपैयाँ मात्रैको प्रतिवद्धता आएको छ । सरकारले साढे ३० खर्ब लगानी भित्राउने प्रक्षेपणसहित आयोजना गरेको सम्मेलनमा करिब आधा रकमको मात्रै प्रतिवद्धता आएको हो । जसमा विदेशी लगानीकर्ताले १२ खर्ब १५ अर्ब रुपैयाँ लगानी गर्ने इच्छा जाहेर गरेका छन् ।
 
सरकारले प्रस्तुत गरेको ७७ मध्ये १७ वटा परियोजनामा मात्रै विदेशी लगानीकर्ताले आवेदन दिएका छन् । सरकारले लगानी सम्मेलनमा सार्वजनिक क्षेत्रका ५० र निजीका १७ गरी ७७ परियोजनालाई सूचीकृत गरेको थियो ।

तर, शनिबारसम्म १७  परियोजनामा मात्रै लगानीका लागि आवेदन आएको छ । आवेदनको अन्तिम मिति भने २० अप्रिलसम्म छ । सरकारले प्रस्तुत गरेका आयोजनामा आगामी दिनमा लगानीको प्रस्ताव बढ्ने अनुमान लगानी बोर्डले गरेको छ ।

दुई दिनसम्म चलेको लगानी सम्मेलनमा सहभागी विदेशी लगानीकर्ताले यातायातका ७, कृषिका ३, लजिस्टिकका १, शिक्षाका २ र ऊर्जाका ४ परियोजनामा लगानीका लागि आवेदन दिएका हुन् । यी परियोजनाको कुल लगानी १२ खर्ब १५ अर्ब रुपैयाँ (१० अर्ब ९५ करोड अमेरिकी डलर) छ । 

विदेशी लगानीकर्ताले निजगढ अन्तार्राष्ट्रिय विमानस्थल, काठमाडौं बाहिरी चक्रपथ, काठमाडौं मेट्रो र बर्स यापिड ट्रान्जिट (बिआरटी) काठमाडौंका लागि लगानीको आवेदन दिएका छन् । त्यस्तै, पश्चिम सेती, तमोर, एकीकृत कृषि परियोजना, धुलिखेल मेडिसिटी, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलगायत परियोजनामा पनि आवेदन परेको छ । 

सम्मेलनमा विदेशी लगानीकर्ताले हालसम्म गरेको लगानीको आवेदन 

परियोजना र अनुमानित लगानी (अमेरिकी डलरमा)

-निजगढ अन्तर्राष्ट्रिय विमानस्थल (२ आवेदन) : ३ अर्ब

-काठमाडौं बाहिरी चक्रपथ (२ आवेदन) : १ अर्ब ८७ करोड १० लाख

-काठमाडौं मेट्रो रेल : ३ अर्ब

-बस र्‍यापिड ट्रान्जिट (बिआरटी), काठमाडौं : १४ करोड ९५ लाख

-तमोर जलाशय परियोजना (२ आवेदन) : १ अर्ब ३५ करोड

-पश्चिम सेती जलविद्युत् आयोजना : १ अर्ब ४८ करोड

-एकीकृत कृषि परियोजना, उर्लाबारी : ५४ लाख ५० हजार

-एकीकृत कृषि परियोजना, बनेपा र चितवन : ४४ लाख ३० हजार

-एकीकृत कृषि परियोजना, हेम्जा पोखरा : ५६ लाख ३० हजार

-धुलिखेल मेडिसिटी : ७ करोड ४० लाख

-अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (२ आवेदन) : १ करोड ४० लाख

-५५० मेगावाट सोलार (सोकेसबाहिरको) : लगानी नखुलेको

-लजस्टिक बल्क टर्मिनल (सोकेसबाहिरको) : लगानी नखुलेको

यस्तै सम्मेलनमा १५ वटा परियोजनामा लगानी जुटाउनेसम्बन्धी समझदारी भएको छ । केही परियोजना संयुक्त लगानीमा निर्माण गर्नेगरी समझदारीपत्रमा हस्ताक्षर भएको हो भने केही एउटै कम्पनीले निर्माण गर्ने गरि हस्ताक्षर भएको छ । 

१५ समझदारीमा हस्ताक्षर

चौधरी ग्रुप र सर्राफ ग्रुप– मल्टी–मोडल लजिस्टिक पार्क– १० अर्ब

चौधरी ग्रुप र स्काई पावर– ६ सय मेगावाटको सोलार– ५० अर्ब

सीजी लाइफसेल र टर्कसेल– फाइभजी मोबाइल नेटवर्क– २५ अर्ब

प्रदेश २ र सीजी इन्फ्रास्ट्रक्चर– २ सय मेगावाट ऊर्जा प्लान्ट–१२ अर्ब

एसबीआई बैंक, एभरेस्ट बैंक, नबिल बैंक र सतलज– ९ सय मेगावाटको अरूण तेस्रो– ७८ अर्ब ६० करोड

सिन्हवा वाटर कन्जरभेन्सी एन्ड हाइड्रोपावर इन्भेस्टमेन्ट, हाइड्रो सोलुसन ग्रुप र सांघाई इन्भेस्टमेन्ट, डिजाइन एन्ड रिसर्च इन्स्टिच्युसन– १६० मेगावाटको कालीगण्डकी गर्ज निर्माण– ४२ अर्ब

आईएफसी र विशेष आर्थिक क्षेत्र प्राधिकरण– सिमरा विशेष आर्थिक क्षेत्र– अनुमानित १० अर्ब

सिन्सियर कन्सल्टिङ कम्पनी र रिसोर्स हिमालय बुटिक भिलेज रिसोर्ट– बुटिक भिलेज– ६ अर्ब

एनआरएन र उद्योग विभाग– प्रत्यक्ष वैदेशिक लगानी– १० अर्ब

नेसनल कोल्याटलर म्यानेजमेन्ट सर्भिस लिमिटेड र नेपाल वेरहाउस कम्पनी लिमिटेड– अन्नबाली भण्डारण केन्द्र– २० अर्ब

कोरियाली कम्पनी– २१६ मेगावाटको माथिल्लो त्रिशूली–१– ७२ अर्ब ८० करोड

भारतीय मुतुथ ग्रुपद्वारा नेपालको युनाइटेड फाइनान्समा– ४० करोड

अपी पावर कम्पनी र कँडेल ग्रुप अफ कम्पनी– नेपालमा ऊर्जा विकास– १ खर्ब ७५ अर्ब

डोल्मा फन्ड– २ अर्ब

बल्क टर्मिनल लजिस्टिक पार्क– ६ अर्ब ५० करोड

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।