सोमबार, साउन १८, २०८३

सम्पूर्ण अपडेट- आज के-के भयो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- आज चैत १६ गते शनिबार कहाँ के-के भयो? अब थाहा पाउनुहोस्, नेपाल समय दिनभरी।

कोलकाताविरुद्धको खेलमा सन्दीपको माग

इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा शनिबार राती नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित टिम दिल्ली क्यापिटल्सले कोलकाता नाइट राइडर्सको सामना गर्दै छ । दुई खेल खेलेको दिल्लीले एक खेलमा जित र एक खेलमा हार व्यहोरेको छ । 

‘दलको नामबाट मधेश हटाई सकेकालाई मधेश प्रदेश किन?’

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रदेश २ को नामाकारणसम्बन्धी प्रदेश सरकारले हालसम्म ल्याउन नसकेकोप्रति आपत्ति जनाएका छन्।

अरुण तेस्रोमा लगानी जुट्यो

 सतलज विद्युत् निगमले निर्माण गरिरहेको अरुण तेस्रो जलविद्युत् आयोजनाका लागि आवश्यक लगानी जुटेको छ। शनिबार सम्पन्न लगानी सम्मेलनमा स्टेट बैंक अफ इण्डिया, एभरेष्ट बैंक र नबिल बैंकले संयुक्त रुपमा लगानी गर्ने सम्झौतामा हस्ताक्षर गरेका हुन्। 

लगानी सम्मेलन : पूर्वाधार विकासका लागि कोशेढुङ्गा

 ‘नेपाल लगानी सम्मेलन २०७५’ बाट विदेशी लगानीकर्ताका साथै स्वदेशी उद्योगी-व्यवसायी उत्साहित भएका छन्। सङ्घीय गणतन्त्रात्मक संविधान जारीपछिको निर्वाचनबाट गठित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले पहिलो पटक आयोजना गरेको सम्मेलनमा सहभागी विभिन्न मुलुकका विभिन्न क्षेत्रका लगानीकर्ताबीच अनुभव आदानबाट नेपालमा ठूला पूर्वाधार विकास र लगानीको सम्भावनाको ढोका खुल्ने देखिएको हो।

बार निर्वाचन सम्पन्न, १९ गतेबाट मतगणना

कानून व्यवसायीको छाता सङ्गठन नेपाल बार एशोसिएशनको नयाँ नेतृत्वका लागि शनिबार निर्वाचन सम्पन्न भएको छ।

लगानी सम्मेलन : उद्योगी–व्यवसायीमा उत्साहसँगै चासो

‘नेपाल लगानी सम्मेलन २०१९’ प्रति उत्साही देखिएका उद्योगी–व्यवसायीले लगानीको सिलसिलामा मुलुकको प्रशासनिक प्रक्रियामा सुधार र सरकारी प्रतिबद्धता कार्यान्वयनमा चासो व्यक्त गरेका छन्। मुलुकमा यतिखेर लगानीका लागि सबैभन्दा उत्तम वातावरण तयार भएकाले आफूहरु उत्साहित भएको उल्लेख गर्दै सम्मेलनमा सहभागी स्वदेशी तथा विदेशी लगानीकर्ताले नीति कार्यान्वयन र लगानी सुरक्षाका लागि सरकारी प्रतिबद्धताको दृढतापूर्वक कार्यान्वयन खोजेका छन्। 

राज्यमन्‍त्रीको गाडीमा तोडफोड

माध्यमिक शिक्षा परीक्षा (एसइई) स्थगित भएको विरोधमा प्रदेश २ का विभिन्न जिल्लाहरुमा प्रदर्शन भएको छ। प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले प्रदेश राजधानी जनकपुरसहित विभिन्न स्थानमा टायर बालेर विरोध गर्नुका साथै सवारी साधनमा तोडफोडसमेत गरेका छन्।

‘विप्लपको सैद्धान्तिक आधार अत्यन्तै कमजोर’  

नेकपाका स्थायी समिति सदस्य घनश्याम भुसालले विप्लप नेतृत्वको नेकपा माओवादीको सैद्धान्तिक आधार अत्यन्तै कमजोर भएको बताएका छन्। 

लगानी सम्मेलन : विकसित मुलुकका सफलताका अनुभव

नेपाल लगानी सम्मेलन २०१९ मा सहभागी विभिन्न मुलुकका सम्बन्धित निकायका प्रतिनिधिले नेपालले नयाँ संविधान र राजनीति स्थिरतासँगै लगानी र विकासका लागि उपयुक्त अवसर भएको जनाएका छन्। 

लागूऔषध तस्करीमा संलग्न भारतीय नागरिक पक्राउ

लागूऔषध चरेश सहित प्रहरीले शनिबार बिहान एकजना भारतीय यूवकलाई पक्राउ गरेको छ।

'आफ्नै बजेट खर्च गर्न नसक्ने सरकारले कसरी भित्र्याउँछ लगानी'

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले विकास बजेटसमेत खर्च गर्न नसकेको वर्तमान सरकारले लगानी सम्मेलनमा ठुला–ठुला कुरा गर्नु ब्यर्थ भएको टिप्पणी गरेका छन्। विदेशी लगानी नेपालमा भित्राउने कुरा सकारात्मक भएपनि त्यसका लागि वातावरण बनाउन सरकारले नसकेको उनले बताए। 

सशस्‍त्रको गाडीले स्कुटरलाई ठक्कर दिएर भागेपछि... (भिडियो)

शनिबार बिहान एउटा स्कुटर बानेश्वरबाट बबरमहल तर्फ  हुँकिदै थियो। सोही क्रममा पछाडिबाट पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको सुरक्षार्थ खटिएको पिछुवा गाडी हुत्तिएर आयो र स्कुटरलाई एक्कासी ठक्कर दियो। स्कुटरसँगै दुवै जब सडकमा बजारिए। 

लगानी सम्मेलन : अन्तिम दिनको छलफल सुरु

मुलुकको विकासमा वैदेशिक लगानी भित्र्याउने उद्देश्यले शुक्रबारदेखि जारी अन्तर्राष्ट्रिय लगानी सम्मेलनअन्तर्गत आज दोस्रो दिनका कार्यक्रम सुरु भएका छन्।

एसईई स्थगितको विरोधमा विद्यार्थीको प्रदर्शन, बाराको अवस्था तनावग्रस्त

प्रदेश २ मा एसईई परीक्षा स्थगित भएको विरोधमा विद्यार्थीहरुले प्रदर्शन थालेका छन्। प्रदेश २ का जिल्लामा विद्यार्थीहरु बिहानैदेखि आन्दोलनमा उत्रिएका छन्। प्रदर्शनमा उत्रीएका विद्यार्थीहरुले राजमार्ग अवरुद्ध गर्दै प्रदर्शन थालेका छन्। 

शिक्षामन्त्रीले तत्काल राजीनामा दिनुपर्छ : काेइराला

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोख्रेलको तत्काल राजीनामा दिनुपर्ने बताएका छन्। राज्यको गैरजिम्मेवारीका कारण प्रदेश २ मा बीचमै एसईई परीक्षा रोक्नु परेको भन्दै उनले शिक्षामन्त्रीको राजीनामा माग गरेका हुन्।

भरुवा बन्दुकसहित एक जना पक्राउ

भरुवा बन्दुकसहित सुर्खेतमा एक जना प्रक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार वीरेन्द्रनगर–२ खोलीगाउँका मायाराम पाण्डे पक्राउ परेका हुन्। पाण्डेको घरमा लुकाई राखेको अवस्थामा प्रहरीले भरुवा बन्दुक बरामत गरेको हो। पाण्डेले घरमा बन्दुक राखेको विशेष सूचनाको आधारमा प्रहरीले घरमा खानतलासी गरेको थियो।

भारत पुगेका तीन गैँडा अझै ल्याइएन

दुई वर्षअघि बाढीले बगाएर भारत पुगेका तीन गैँडा फिर्ता ल्याउन कठिन भएको छ । विसं २०७३ साउन अन्तिम साता आएको बाढीले बगाएकामध्ये १० गैँडा उद्धार गरी ल्याइएको थियो । 

'निर्दयी ट्याक्सीचालक' 

बिरामीलाई सडकमै फालेर हिड्ने एक ट्याक्सी चालकलाई प्रहरीले पक्राउ गरेको छ। गोकर्णेश्वरनिवासी ६० वर्षीय गोपाल कारन्जित उपचार गराई ट्याक्सीमा फर्कदैं गर्दा वेहोस भएपछि ट्याक्सी चालकले उनलाई गाडीबाट घिसार्दै वाहिर फालेर भागेका थिए। वाहिर फालिएका गोपालको उपचार अभावमा केही बेरमै निधन भयो।

देशभरको मौसम बदली, काठमाडौंमा पानी पर्न सक्ने

मौसम पूर्वानुमान महाशाखाले आज देशभर बदली भई केही स्थानमा पानी पर्न सक्ने बताएको छ।

‘डिजिटल नेपालमा लागि लगानी गर्नुस्'

 सरकारले ‘डिजिटल नेपाल परियोजना’लाई सार्थक बनाउन वैदेशिक लगानीकर्तालाई सूचना प्रविधिको क्षेत्रमा खुलेर लगानी गर्न आह्वान गरेको छ । सूचना प्रविधिको क्षेत्रमा लगानीको वातावरण तयार गर्न आवश्यक कानून पारित गरी वातावरण तयार पारेको भन्दै सरकारले लगानीकर्तालाई सुरक्षाको पूर्ण प्रत्याभूति दिलाएको छ।

आज 'गेमचेन्जर' परियोजनामा सम्झौता हुँदै

लगानी सम्मेलनको पहिलो दिन विभिन्न स्वदेशी तथा विदेशी लगानीकर्ताले लगानीको घोषणा गरेका छन्। शुक्रबारदेखि सुरु सम्मेलनमा सरकारले आह्वान गरेका विभिन्न ७७ परियोजनामा लगानीको प्रतिवद्धता आइरहेको छ। शनिबारसम्म चल्ने सम्मेलनमा आज पनि विदेशी लगानीकर्ताको लगानी प्रतिवद्धता आउने अपेक्षा गरिएको छ।

कलेज क्रिकेट लिगको फाइनलमा ट्रिटन

ट्रिटन कलेज कलेज क्रिकेट लिग (सीसीएल)को फाइनलमा प्रवेश गरेको छ । शनिबार कीर्तिपुरसस्थित टीयू क्रिकेट मैदानमा भएको सेमिफाइनल खेलमा हिमालय कलेजलाई ८ विकेटले पराजित गर्दै ट्रिटन फाइनलमा प्रवेश गरेको हो । 

बार एसोसिएसनको नयाँ नेतृत्व चयन गर्न मतदान हुँदै

नेपाल बार एसोसिएसनको नयाँ नेतृत्व छान्न शनिबार आज मतदान हुँदै छ। नयाँ कार्यसमिति छान्न मतदान बिहान ८ बजे सुरु भई अपराह्न ४ बजे सकिने छ। बारमा २५ पदका लागि ६३ जनाको उम्मेदवारी परेको छन्। नेपाल बार एसोसियसनको अध्यक्ष पदका लागि ८ जनाले उम्मेदवारी दिएका छन्।

प्रदेश २ को एसईई परीक्षा स्थगित

परीक्षाअगावै प्रश्नपत्र बाहिरिन थालेपछि सरकारले प्रदेश २ को एसईई परीक्षा स्थगित गरेको छ। शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले परीक्षा अगावै प्रश्नपत्र बाहिरिनु निकै दुखद भएको बताउँदै चैत २१ गतेसम्मका सम्पूर्ण परिक्षा स्थगित गरिएको बताए। उनले चैत २२ गतेका लागि पुनः तय भएको विज्ञान विषयको परीक्षा तालिका भने यथावत नै रहेको बताए।

कति समयको भ्रुणको गर्भपतन ठीक?

अमेरिकी राज्य जर्जियाका गभर्नरले भ्रुणको ‘मुटुको चाल’ थाहा भएपछि गर्भपतन गराउन निषेध गर्नेसम्बन्धी एउटा नयाँ कानुनमा हस्ताक्षर गर्ने तयारी गरेका छन्। स्थानीय सयमअनुसार शुक्रबार भएको संसद तल्लो सदनमा भएको मतदानमा सांसदहरुले नयाँ कानुन पारित गरेका थिए। 

माटोमा बस्‍ने माछा

माछा पानीमा बस्ने प्राणी हो। तर, कोही यस्ता माछा जुन जमिनमा पनि बस्न सक्छन्। ‘लन्ग फिस’ नामक माछा माटोमा बस्न सक्ने माछाको प्रजाती हो। यसलाई ‘स्याल्यामेन्डर फिस’ पनि भन्निछ।

६ जनालाई ‘नइ पुरस्कार’

नइ प्रकाशनले विभिन्न क्षेत्रका छ जनालाई २०७५ सालको ‘नइ पुरस्कार’ प्रदान गर्ने घोषणा गरेको छ।

जब आभासले पलेँटीमा सांगीतिक यात्राको संघर्ष सम्झे...

संगीत साधनाका विभिन्न कोणहरुबाट आफूलाई हुर्काउँदै आएका गायक एवं संगीतकार आभासले अन्तरालपछि फेरि शुक्रबार आफूलाई पलेँटीका श्रोतामाझ प्रस्तुत गरेका छन्। पलेँटी श्रृंखलाकै संयोजक समेत रहेका उनकै स्वरबाट आधुनिक नेपाली संगीतको यो कार्यक्रम नेपालयले करिब डेढ दसकअघि सुरुगरेको हो।

‘दिशा पाटनीको ग्ल्यामर लुक’

एक्टर दिशा पाटनी आफ्नो बोल्ड लुकका कारण सधै चर्चामा रहने गर्छिन्। थुप्रै पटक उनी छोटा लुगा लगाएकै कारण चर्चामा आउने गरेकी छिन्। यस्तै अवस्थामा हालै पनि उनी एउटा इभेन्टमा देखा परेकी थिइन्।

मन जित्दै ‘लाउँछ माया’

पछिल्लो समय लोक दोहोरी गीतले स्रोता तथा दर्शकको मन तानिरहेका छन्। थुप्रै लोक दोहोरी गीतले युट्युवको ट्रेनिङमा समेत छलाङ्ग मारिरहेका छन्। सोहि क्रममा चर्चित गायिका सरिता कार्की र कुलेन्द्र बिकले गाएको गीत पनि ट्रेनिङ न. १९ मा प्रबेस भएको छ। पछिल्लो समयमा निकै चर्चा कमाउन सफल तथा आफ्नो छुट्टै पहिचान बनाउन सफल हुनु भएकी गायिका सरिता कार्की यति बेला निकै राम्रो गीत ‘लाउँछ माया’ लिएर बजारमा आएकी छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।