मंगलबार, मंसिर २, २०८२

मन जित्दै ‘लाउँछ माया’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं – पछिल्लो समय लोक दोहोरी गीतले स्रोता तथा दर्शकको मन तानिरहेका छन्। थुप्रै लोक दोहोरी गीतले युट्युवको ट्रेनिङमा समेत छलाङ्ग मारिरहेका छन्। सोहि क्रममा चर्चित गायिका सरिता कार्की र कुलेन्द्र बिकले गाएको गीत पनि ट्रेनिङ न. १९ मा प्रबेस भएको छ। पछिल्लो समयमा निकै चर्चा कमाउन सफल तथा आफ्नो छुट्टै पहिचान बनाउन सफल हुनु भएकी गायिका सरिता कार्की यति बेला निकै राम्रो गीत ‘लाउँछ माया’ लिएर बजारमा आएकी छन्। 

कुलेन्द्र विश्वकर्मा र सरिता कार्कीको स्वरमा रहेको यस गीतको संगीत संयोजन भने आशिष अबिरलले गरेका छन्। पछिल्लो समय लोकदोहोरीलाई फरकपनमा प्रवेश गराउन सफल भएका छन् संगीत संयोजक आशिष अबिरल। उनको संगीत संयोजनको गीत सालको पात, लालुमै, जाम सुस्तै सुस्तै जस्तै ‘लाउँछ माया’ पनि सफल देखिएको छ।

लाउँछ मायाको भिडियोमा महेन्द्र गौतम र सुरक्षा पन्तको अभिनय रहेको छ भने प्रकाश भट्टको निर्देशन रहेको छ। राजेश घिमिरेको छायाँकनमा विष्णु शर्माको सम्पादन रहेको भिडियोलाई साइभिजन प्रालिले पोष्ट प्रोडक्सनको काम गरेको छ भने गायिका सरिता कार्कीको यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको छ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्