सोमबार, साउन १८, २०८३

लगानी सम्मेलन : विकसित मुलुकका सफलताका अनुभव

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – नेपाल लगानी सम्मेलन २०१९ मा सहभागी विभिन्न मुलुकका सम्बन्धित निकायका प्रतिनिधिले नेपालले नयाँ संविधान र राजनीति स्थिरतासँगै लगानी र विकासका लागि उपयुक्त अवसर भएको जनाएका छन्। 

आफ्नो मुलुकको विकासको अनुभव प्रस्तुत गर्दै उनीहरुले नेपालले सम्मेलन गरेर वैदेशिक लगानीका लागि उचित ढोका खोलेको पनि उल्लेख गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार उद्घाटन गरेको सम्मेलनको शनिबार समापन हुँदैछ। 

नेपालका लागि दक्षिण अफ्रिकाका राजदूत साडिक जाफेरले आफ्नो मुलुकले खुल्ला अर्थतन्त्रमा विश्वास गर्ने र नेपालको छिमेकी भारतसँग व्यापारिक सम्बन्ध विकसित भइसकेकाले नेपालमा लगानी ल्याउन कठिनाई नहुने बताए। 

संयुक्त अरब इमिरेट्स (यएई) का अर्थ मन्त्रालयका वैदेशिक व्यापार उपसचिव अब्दुल्लाह अल सालेहले वैदेशिक लगानी आकर्षित गर्न लगानी संरक्षण सम्झौता र दोहोरो कर उन्मुक्ति सम्भौता आवश्यक भएको बताए। लगानीकर्तालाई कुनै प्रकारको कानूनी व्यवधान आउन नदिन सतर्क हुनुपर्ने भन्दै उहाँले त्यसका लागि नेपाल सरकारले सहजीकरण गर्नुपर्नेमा जोड दिए। 

उनले अन्य मुलुकको तुलनामा नेपालमा लगानी गर्ने लगानीकर्ताले उच्च प्रतिफल हासिल गर्न सक्ने अवस्था रहेको बताए। उनले भने, ‘वैदेशिक लगानी भनेको रकम मात्र होइन, प्रविधि र ज्ञानको दक्षता पनि हो।’ 

राजनीतिक स्थिरतासँगै अगाडि बढेको मुलुकमा लगानीको प्रचुर सम्भावना रहेको औँल्याउँदै उनले नेपालका दुई छिमेकीमूलुक यहाँका उद्योगीका लागि ठूलो बजार भएको बताए। चीन युएईको पहिलो र भारत दोस्रो व्यापार साझेदारी मुलुक हो। युएई नेपालका लागि तेस्रो ठूलो व्यापार साझेदार मुलुक भएको तथ्य पेश गर्दै उहाँले दुई मुलुकबीच तीस करोड अमेरिकी डलर बराबरको व्यापार भएको उल्लेख गरे। 

मलेसियाका लगानी विकाससम्बन्धी प्राधिकरणका प्रमुख कार्यकारी शिव सूर्यमूर्ति सुन्दर राजाले आफूहरुले शुरुमा लगानी भित्र्याउन विश्वका मुख्य मुलुकमा आफ्नो लगानी बोर्डको कार्यालय खोलेको र सम्पर्क विस्तार गरेको अनुभव सुनाए। उनले लगानी बोर्डलाई अध्यागमनको निकायसँग तालमेल गर्दै लगानीकर्ताका लागि प्रमाणपत्र वितरण र लगानीका लागि सहजीकरण गर्न बोर्ड प्राधिकार हुनुपर्ने सुझाव दिए। 

नेपालको ज्योति समूहका अध्यक्ष पद्म ज्योतिले विकसित मुलुकका लगानी र विकासका सफलताका अनुभवले आफूहरुलाई समेत ऊर्जा मिलेको र नेपाल विकास तथा समृद्धिको मार्गमा अघि बढ्नसक्ने सम्भावना देखिएको औल्याए। रासस
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।