काठमाडौं – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले विकास बजेटसमेत खर्च गर्न नसकेको वर्तमान सरकारले लगानी सम्मेलनमा ठुला–ठुला कुरा गर्नु ब्यर्थ भएको टिप्पणी गरेका छन्। विदेशी लगानी नेपालमा भित्राउने कुरा सकारात्मक भएपनि त्यसका लागि वातावरण बनाउन सरकारले नसकेको उनले बताए।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पूर्वउपप्रधानमन्त्रीसमेत रहेका नेता सिंहले भने, ‘एकातिर विदेशी लगानी ल्याउनुपर्यो भन्ने, अर्कोतिर आफूले प्रस्तुत गरेको विकासको बजेट खर्च गर्न सक्ने क्षमता नभएको सरकारले गरेका ठुला–ठुला कुरा जनताले कसरी पत्याउनु?’
लगानी सम्मेलन जारी रहेकै बेला प्रदेश २ मा कमजोर सुरक्षाका कारण प्रश्नपत्र आउट भएर एसइई परीक्षा रद्ध हुनु लज्जाको विषय भएको उनले बताए।
सरकारले शान्ति सुरक्षाको र लगानीको वातावरण बनाउन नसकेकाले घाटा खान विदेशी लगानीकर्ता नआउने उनले बताए ।
‘विदेशी लगानी ल्याउने राम्रो कुरा हो। तर, सरकारले तीनै तहमा जनताले सुशासनको अनुभूति दिलाउन नसकेपछि जतिसुकै ठूला कुरा गरेर के गर्ने?’ उनले भने, ‘संघबाट बनाउनुपर्ने संघीय कानुन नबनाइदिँदा प्रदेश सरकार सुचारु रुपले चल्न सकेका छैनन्।’
सबैले महसुस गर्ने गरी परिवर्तनको काम यो सरकारले गर्न नसकेको उनको भनाइ थियो। मुलका सामु तमाम सुरक्षा चुनौतिहरु रहेकाले सबैलाई वार्ता र छलफल मार्फद राजनीतिको मूल प्रभामा ल्याउनु पर्ने उनको भनाई थियो।
वर्तमान सरकारबाट सम्बृद्धिको अभियान सफल हुन नसक्ने भन्दै सम्बृद्धिको अभियान सफल बनाउने जिम्मेवारी पनि कांग्रेसकै काधमा आउने उनको भनाई थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४