सोमबार, साउन १८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सशस्‍त्रको गाडीले स्कुटरलाई ठक्कर दिएर भागेपछि... (भिडियो)

सशस्‍त्रको गाडीले स्कुटरलाई ठक्कर दिएर भागेपछि... (भिडियो)

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – शनिबार बिहान एउटा स्कुटर बानेश्वरबाट बबरमहल तर्फ  हुँकिदै थियो। सोही क्रममा पछाडिबाट पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको सुरक्षार्थ खटिएको पिछुवा गाडी हुत्तिएर आयो र स्कुटरलाई एक्कासी ठक्कर दियो। स्कुटरसँगै दुवै जब सडकमा बजारिए। 

जिकज्याक सँग इमजेन्सी साईरन बजाएर हुइँकिएको सशस्त्रको बा १ झ ९५२७ नम्बरको गाडीले स्कुटरमा ठक्कर दिएको हो।  एक सर्वसाधरणले खिचेको उक्त भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ।

उक्त भिडियो सेयर गर्दै फेसबुक प्रयोग कर्ता सन्जीव लामा तामाङले लेखेका छन्, ‘होइन यो एपीएफको गाडीले के गर्न खोजेको। भीआइपी भन्दैमा यस्तो गर्नु त भएन नी।’ सशस्त्रको यस्तो हर्कतको अहिले चौतर्फि आलोचना भइरहेको छ।

यस्तै सशस्त्र प्रहरीका सहप्रवक्ता नायब उपरीक्षक अजय छत्तकुलीले उक्त घटनाको बारेमा छानविन भइरहेको जानकारी दिए। उनले नेपाल समयसँग भने, ‘सूचना पाउना साथ हामीले ट्राफिक प्रहरीसँग समन्वय गरेर छानविन गरिरहेका छौं।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।