सोमबार, साउन १८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • शिक्षामन्त्रीले तत्काल राजीनामा दिनुपर्छ : काेइराला

शिक्षामन्त्रीले तत्काल राजीनामा दिनुपर्छ : काेइराला

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडाैं - नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोख्रेलको तत्काल राजीनामा दिनुपर्ने बताएका छन्। राज्यको गैरजिम्मेवारीका कारण प्रदेश २ मा बीचमै एसईई परीक्षा रोक्नु परेको भन्दै उनले शिक्षामन्त्रीको राजीनामा माग गरेका हुन्।

उनले राज्यको यस्तो गैरजिम्मेवार कार्यले विद्यार्थीको भविष्यसमेत अन्धकारतर्फ धकेलिएको बताए। उनले ट्विटमा भनेका छन्, 'राज्यको गैरजिम्मेवारीका कारण प्रदेस २ को एसईई परीक्षा बीचैमा स्थगित हुन पूगेको छ। विध्यार्थीहरुको भविष्य अन्धकारतर्फ धकेलिएको छ। यो गम्भिर घटनाको नैतिक जिम्मेवारी लिंदै शिक्षामन्त्रीले तत्कालै राजीनामा दिनुपर्छ र आगामी दिनमा यस्ता घटना नदोहोरिने प्रतिबद्धता राज्यले जनाउनु पर्दछ।'
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।