काठमाडाैं - मौसम पूर्वानुमान महाशाखाले आज देशभर बदली भई केही स्थानमा पानी पर्न सक्ने बताएको छ।
पूर्व र पश्चिममा रहेको न्यूनचापीय क्षेत्रको प्रभावले अहिले देशभरिकै मौसम बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले उपत्यका लगायत केही स्थानमा पानी पर्नसक्ने अनुमान गरेको छ। यस्तै हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको महाशाखाले बताएको छ।
शुक्रबारदेखि प्रवेश गरेको न्यूनचापीय वायुको प्रभावले अझै एक–दुई दिन देशका पूर्व र मध्य भू–भागको मौसम प्रभावित हुने महाशाखाका मौसमविद् मञ्जु वासीले बताइन्। तत्काल भारी वर्षाको सम्भावना नरहे पनि अधिकांश स्थानमा हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना रहेको मौसमविद् वासीले जानकारी दिइन्।
उनका अनुसार प्रिमनसुनको समय भएका हुनाले वर्षा लामो समय हुनेछैन। छिनमै मौसम परिवर्तन हुनेछ।
आज राती पनि बदली हुने र केही स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाको अनुमान छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४