काठमाडाैं - नेपाल बार एसोसिएसनको नयाँ नेतृत्व छान्न शनिबार आज मतदान हुँदै छ। नयाँ कार्यसमिति छान्न मतदान बिहान ८ बजे सुरु भई अपराह्न ४ बजे सकिने छ। बारमा २५ पदका लागि ६३ जनाको उम्मेदवारी परेको छन्। नेपाल बार एसोसियसनको अध्यक्ष पदका लागि ८ जनाले उम्मेदवारी दिएका छन्।
निर्वाचनमा १० हजार ३ सय १३ मतदाता रहेका छन्। निर्वाचनका लागि काठमाडौंसहित अन्य जिल्लामा गरि ३५ मतदान केन्द्र तोकिएका छन्। बारमा अध्यक्ष, महासचिव र कोषाध्यक्षमा एक–एकजना चुनिने व्यवस्था छन्। महिला उपाध्यक्ष एक र सातै प्रदेशबाट एक–एकजना गरी आठ उपाध्यक्ष र १४ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन्।
बारको केन्द्रीय कार्यालय र सर्वोच्च अदालत गरी १० ठाउँबाट मतगणना गर्ने तयारी रहेको मुख्य निर्वाचन अधिकृत दामोदर खड्काले जानकारी दिए । देशभरको मतपेटिका केन्द्रमा आउन दुई दिन लाग्ने उनले बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४