सोमबार, साउन १८, २०८३

आजका अखबार : लगानीकर्ता सकारात्मक, सरकार उत्साही

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - काठमाडौंबाट आज (शनिबार) प्रकाशित अधिकांश राष्ट्रिय दैनिकले काठमाडौंमा शुक्रबारबाट सुरु भएको लगानी सम्मेलनलाई प्राथमिकतामा राखेका छन्।

आजको नयाँ पत्रिका दैनिकले लगानीकर्ता सकारात्मक सरकार उत्साही शिर्षकमा समाचार प्रकाशित गरेको छ।

सरकारले ३० खर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी भित्र्याउने लक्ष्यका साथ आयोजना गरेको नेपाल लगानी सम्मेलन शुक्रबारदेखि काठमाडौंमा सुरु भएको छ। सम्मेलनमा सरकारी पदाधिकारी, विकास साझेदार र विदेशी लगानीकर्ता गरी ३९ देशका ७३९ प्रतिनिधि सहभागी रहेका छन्।

तीनै तहको निर्वाचनपछि बनेको स्थिर र बलियो सरकारले सम्मेलनमा आफ्नो आर्थिक नीति सुनाउँदै उनीहरुको विश्वास जित्ने भरपुर प्रयास गरेको छ। सरकारले कृषि, जलविद्युत उद्योग, पर्यटन, यातायात, सहरी पूर्वाधार, शिक्षा तथा स्वास्थ्य क्षेत्रका ७७ परियोजनामा विदेशी लगानी आह्वान गरेको छ। सहभागी प्रतिनिधिले शुक्रबार सम्मेलनबारे सकरात्मक प्रतिक्रिया दिएका छन्। केही उद्योगीहरुले लगानीको घोषणासमेत गरेका छन्।

यस्तै लगानी सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनलाई लिएर शनिबारको नागरिक दैनिक र अन्नपूर्ण पोष्टले एउटै शिर्षकमा समाचार प्रकाशन गरेका छन्। नागरिक र अन्नपूर्णले लगानी गर्नुस् , ढुक्क हुनुहोस् भन्ने प्रधानमन्त्रीको भनाईलाई शिर्षक बनाएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशी लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न र प्रतिफल लैजान आग्रह गरेका छन्। लगानी सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विदेशी लगानीको सुरक्षा र प्रतिफलका लागि ढुक्क हुन आग्रह गरेका हुन्। झण्डै ६ सय विदेशी पाहुनालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सरकार लगानीकर्ताको लगानीलाई पूर्ण सुरक्षका लागि कटिबद्ध रहेको समेत बताए।

यस्तै शनिबारका अधिकांश दैनिकले प्रदेश २ मा प्रश्नपत्र वाहिरिन थालेपछि एसईई परीक्षा नै स्थगित भएको समाचारलाई समेत प्राथमिकताका साथ प्रकाशन गरेका छन्। कान्तिपुर दैनिकले फेरि प्रश्नपत्र बाहिरिएपछि प्रदेश २ को एसईई स्थगित परीक्षा संयन्त्रमा प्रश्न शिर्षकमा समाचार प्रकाशन गरेको छ।

लगातार प्रश्नपत्र बाहिरिएपछि शिक्षा मन्त्रालयले प्रदेश २ मा शनिबारदेखिका सबै विषयको परीक्षा स्थगित गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएको थियो। शिक्षामन्त्री गिरिराजमणि पोखरेलले शुक्रबार साँझ पत्रकार सम्मेलन गरी परीक्षा स्थगित गर्न निर्देशन दिएपछि प्रदेश २ मा एसईई स्थगित भएको हो।

यसैगरि प्रश्नपत्र बाहिरिएको घटनाबारे अनुसन्धान गर्न ३ टोली लागेका छन्। राष्ट्रिय परीक्षा बोर्ड, प्रदेश प्रहरी र सीआईबीको टोली अनुसन्धानमा खटिएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।