सोमबार, साउन १८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश २ सरकारले माग्यो संघीय शिक्षामन्त्रीको राजीनामा

प्रदेश २ सरकारले माग्यो संघीय शिक्षामन्त्रीको राजीनामा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुरधाम-लगातार दोस्रोपटक माध्यमिक शिक्षा राजीनामासम्बन्धी समाचारमा माध्यमिक शिक्षा परीक्षा (एसइई)को प्रश्नपत्र बाहिरिएपछि प्रदेश २ सरकारले संघीय सरकारका शिक्षा मन्त्रीको राजनीनामा माग गरेको छ । एसइई सञ्चालन संघीय सरकार मातहत रहेको भन्दै प्रश्नपत्र बाहिरिने घटनामा संघीय सरकारले जिम्मा लिनुपर्ने प्रदेश सरकारको भनाइ छ । 

संघीय सरकारको निकायबाट प्रश्नपत्र बाहिरिएको भन्दै प्रदेश सरकारले संघीय शिक्षा मन्त्री गिरिराजमणि पोखरेलको राजीनामा माग गरेको हो । प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले प्रश्नपत्र बाहिरिने घटनामा प्रदेशको कुनै संलग्नता नरहेको दाबी गरेका छन् । 

शुक्रबार पत्रकार सम्मेलन गरेर संघीय सरकारका निकायहरुले प्रश्नपत्र बाहिर ल्याएको भन्दै यादवले संघीय सरकारका शिक्षा मन्त्रीले राजीनामा दिनुपर्ने माग गरे । 

‘हामीले प्रदेशका सबै जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गरेका छौं,’ मन्त्री यादवले भने,‘प्रदेशबाट प्रश्नपत्र बाहिरिएको देखिएन् । प्रदेश सरकारलाई बदनाम गर्न माथिबाटै षडयन्त्र भए जस्तो छ ।’ ‘प्रदेशका सबै प्रहरी कार्यालयहरुबाट परीक्षा सुरु हुनु एक घन्टाअघिमात्र परीक्षा केन्द्रहरुमा प्रश्नपत्र पठाइएको छ,’ उनले भने, ‘तर प्रश्नपत्र राती नै बाहिरिएको छ । प्रदेशको कमजोरी देखिएको छैन् ।’

प्रश्नपत्र बाहिरिएको घटनासम्बन्धी छानबिन गर्न प्रदेश सरकारले समिति बनाइसकेको र सीआइबीले समेत अनुसन्धान गरिरहेको बताउँदै मन्त्री यादवले जो कोही दोषी भए कारबाहीको भागी बत्रुपर्ने बताए ।

बिहिबार विज्ञान र शुक्रबार सामाजिक अध्ययन विषयको प्रश्नपत्र परीक्षा अगाबै बाहिरिएपछि प्रदेश २ मा लगातार दोस्रो दिन परीक्षा रद्द भएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।