सोमबार, साउन १८, २०८३

विप्लवका नगरकोट इन्चार्जसहित दुई जना गिरफ्तार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

भक्तपुर- नेत्रविक्रम चन्द नेतृत्वको समूहका नगरकोट इन्चार्जसहित दुई सदस्यलाई पक्राउ गरिएको छ । 

काभ्रे मण्डन देऊपुर–३ नयाँगाउँ घर भई हाल नगरकोटमा रहेर राज्यविरुद्धका विभिन्न गतिविधि गर्दै आएको अभियोगमा ३४ वर्षीय चमारसिंह लामालाई नगरकोटबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिए ।  

लामासँगको सोधपुछकै आधारमा प्रहरीले बिहीबार काठमाडौँ घर बताउने र हाल भक्तपुरको सानोठिमी बस्दै विभिन्न गतिविधि गर्दै आएका समूहका अर्का सदस्य ३६ वर्षीय सविन विक ‘विरही’ भन्ने बुद्धराज सुनारलाई पक्राउ गरेको छ । 

पक्राउ परेका दुवैलाई हिजो भक्तपुर जिल्ला अदालतमा म्याद थप गरी राज्यविरुद्धको अभियोगमा मुद्दा चलाएर थप अनुसन्धान शुरु गरेको प्रहरी उपरीक्षक श्रेष्ठले बताए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।